Loading... आजः मङ्लबार, फाल्गुन २५, २०७७
Trending

कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण


दैलेखः कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण देखिएको छ। यो सँगै प्रदेशमा संक्रमितको संख्या १ सय २३ पुगेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखमा थप १७ जनामा संक्रमण देखिएको हो।

नारायण नगरपालिका–३ का १६, १९, २९, ४८ वर्षीय पुरुष, नारायण नगरपालिका–५ का १८, २४, २५, २८, ३५ वर्षीय पुरुष, नारायण नगरपालिका–४ का १८, २०, २०, २२, २२ र ३८ वर्षीय पुरुष, नारायण नगरपालिका–८का २६ वर्षीय पुरुष, नारायण नगरपालिका–९ साँडुका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै दैलेखमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । संक्रमितमध्ये एकजनाको शनिबार मृत्यु भएको छ । यसैबिच आइतबार कालिकाटको शुभकालिका गाउँपालिका –५ का १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा संक्रमितको संख्या १ सय २३ पुगेको स्वास्थ्य सेवा महाशाखाका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले बताए ।

error: Content is protected !!