Loading... आजः बिहिबार, बैशाख २३, २०७८
Trending

रुकुम घटनामा निश्पक्ष छानबिन गर्न उद्योग बाणिज्य संघको माग

दैलेख : उद्योग बाणिज्य संघ दैलेखले रुकुम पश्चिममा भएको घटनाको निश्पक्ष छानबिन गर्न माग गरेको छ । गएको जेष्ठ १० गते जाजरकोट भेरी नगरपालिका वार्ड नं ४ निवासी नवराज विकसहित १८ जना युवामाथि पश्चिमरुकुम चौरहजारीमा भएको घटनामा निश्पक्ष छानबिन गरी दोषिलाई कानुनी कठघरामा उभ्याउन आग्रह गरेको छ । उद्योग बाणिज्य संघ दैलेखका अध्यक्ष कुल बहादुर बिक द्धारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा गैर दलित र दलित समुदाय बिच समाजिक बिभेदको कारण दुखद घटना घटेको निष्र्कष निकाल्दै निश्पक्ष छानबीन गरि दोषिलाई काुनुनी कठघरामा ल्याउन नेपाल सरकार संग माग गरिएको छ ।  उद्योग बाणिज्य संघ दैलेखका अध्यक्ष कुल बहादुर बिकले रुकूममा घटेको घटनाले आफुलाई दुखी तुल्याएको बताए । उनले २१ शताब्दीमा समेत जातीय बिभेदकै कारण दलितहरु मारिनु पर्ने अबस्था सिजर्ना हुनु लज्जासपद भएको भन्दै सरकारले तत्काल हत्यामा संगलग्नहरुको खोजी गर्न आग्रह समेत गरेका छन । रुकूममा भएको घटनाको सत्य तथ्य छानबिन गर्न दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्र बहादुर क्षेत्री मार्फत गृह मन्त्रालयमा प्रेस  बिज्ञप्ती पठाएको जानकारी दिएको छ

error: Content is protected !!