Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

थप १४ जनामा कोरोना संक्रमण पुष्टि दैलेखमा कोरोना संक्रमितको संख्या ३० पुग्यो

कर्णााली प्रदेशमा संक्रमितको सख्या ६०
1205840549

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा गरिएको स्वाव परीक्षणमा दैलेखका १४ जनामा कोरोना पोजेटिभ देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको प्रयोगशाला विभागको प्रतिवेदनमा १४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ । प्रतिष्ठानले सार्वजनकि गरेको प्रतिबेदनमा थप भएको कोरोना संक्रममित नारायण नगरपालिका दैलेखका रहेका छन । प्रदेश अस्पताल सुर्खेतमा रहेको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परिक्षणमा यस अघि१६ जनामा कोरोना संक्रमित पुष्टि भएको थियो ।  नारायण नगरपालिका वडा नः २ मा एक जना,३ एक जना,४ तीन जना,६ एक जना,८ मा २ जना,९ मा २ जना १० मा दुई जना ,११ मा दुई जना रहेका छन ।उनीहरु २८,४१,३०,१७,२२,२५,२१,२०,२७,१८,२०,३५,५०,२३ वर्षका १४ जना कोरोना संक्रमण पुष्टि भएपछि दैलेखमा संक्रमितको सख्या ३० पुगेको छ भने कर्णालीमा ६० जना संक्रमित पुगेका छन ।

प्रतिष्ठानको प्रतिवेदन सहित