Loading... आजः सोमवार, भदौ ३१, २०८१
Trending

मनकारी शिक्षक,एक महिनाको घर भाँडा छुट देखि क्वारेनटाइन बसेकालाई सहयोग

दैलेख  : नेपाल शिक्षक सङ्घका उपाध्यक्ष एवम् त्रिभुवन उच्च माध्यमिक विद्यालय दैलेखका शिक्षक भत्त बहादुर थापाले भारतका विभिन्न सहर बाट उद्धार गरी महुवा गाउँपालिका वडा न २ वडा खोलामा रहेको आधारभूत विद्यालय केउरेपानीमा क्वारेनटाइनमा राखेका ५१ जना नागरिकलाई खाद्य सँगै सरसफाइका सामाग्री बिवतरण गरेका छन् । भारत बाट उद्धार गरी दैलेख पुन¥या पनि स्थानीय तहले निर्माण गरेका क्वारेनटाइनमा खानेपानी,खाद्यान्न, सरसफाइ र शौचालय व्यवस्थित नभएको भन्ने जनगुनासो आइरहेको बेला शिक्षक थापाले दैलेख सदरमुकाम बाट आफै उक्त सामाग्री लिएर वितरण गरेका हुन ।
शिक्षक थापाले रोजगारीको सिल शिलामा भारतमा पुगेका र विश्वमा फैसलाको कोरोना भाइरस सङ्क्रमणका कारण समस्या परेर आएका स्थानीय नागरिकलाई सरकारले अनिवार्य १४ दिन क्वारेनटाइनमा राख्नु पर्ने प्रधान गरेपछि स्थानीय तहले निर्माण गरेको क्वारेनटाइन ब्यस्थीत नभएको खानेपानी,खाद्यान्न सामाग्री, सरसफाइका सामाग्री नभएको गुनासो आएपछि आफूले दैलेख सदरमुकाम बाट लिएर वितरण गरेको बताए । उनले दैलेख सदरमुकामको गणेश चोकमा रहेको घरमा बस्ने भाडाँवालाई एक महिनाको घरभाडाँ मिनाहा गर्ने घोषणा गरेका छन् । सरकारले लकडाउनको अवधिमा घर भाँडामा बस्नेलाई घरभाडाँ मिनाहा गर्न आम घरधनीलाई आग्रह गरे बमोजिम एक महिनाको घरभाडाँ नलिने घोषणा गरेको बताए । घर भाडा नलिने घोषणा गर्ने दैलेख जिल्लामा पहिलो व्यक्ति शिक्षक थापा नै रहेका छन्