Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

क्वारेन्टाइनमा बसेका युवकको मृत्यु,स्वाबको रिर्पोट आज आउँने


दैलेख  :  क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिका वडा ११ खागितडाका ३५बर्षिय पुरुष रहेका छन । दुल्लु अस्पतालका प्रमुख डा. पुजा विसीले ३५ वर्षीय ती युवाको मृत्यु भएको पुष्टि गरेकी छिन । ९ गते उनी भारत बाट आएका थिए । भारत देखी आएका कारण उनी सहितको टिमलाई विद्युत प्राधिकरणको सब स्टेशन भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको थियो । दुल्लु नगरपालिका वडा नः ७ का वडा अध्यक्ष लाल बहादुर रावतले बिहान चिया र बिस्कुट खानु भएको थियो त्यही ढल्लेको बताए । उनको १५ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पाठइएको थियो । उनको स्वाब जाँचको रिर्पोट आज आउने जनाइएको छ । स्वाब परीक्षणको रिर्पोट पोजेटिभ आएको खण्डमा कर्णाली प्रदेशमा कोरोना संक्रमण भएर मृत्यु हुने उनी पहिलो संक्रमित हुनेछन । यस अघि सुर्खेतका एक युवा भारत बाट आएको भोलिपल्ट प्रदेश अस्पताल कालागाँउमा मृत्यु भएको थियो । कोरोना पक्षिण गर्दा उनको रिर्पोट नेगेटिभ आएको थियो ।