Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

दैनिक एक सयको हाराहारीमा भेटिदै कोरोना संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुग्यो

काठमाडौ  : सरकारले देशका विभिन्न अस्पतालहरुमा कोरोनाको परीक्षण गर्न थालेपछि दैनिक एक सयको हाराहारीमा कोरोना संक्रमित फेला पर्न थालको छन । शुक्रबार कोरोनाका १ सय ७० नयाँ संक्रमित फेला परेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रबारको नियमित मिडिया ब्रिफिङमा थप १७० जनामा कोरोना संक्रमित पुष्टि भएको जानकारी दिए । बिहीबारसम्म १०४२ जनामा कोरोना पुष्टि भएको थियो । देशका विभिन्न अस्पतालबाट कोरोना संक्रमण मुक्त भएर १९ जना डिस्चार्ज भएका छन् । आजसम्म २ सय ६ पुगेको छ । पुरुष १६२ जना रहेका छन् भने महिला ४४ जना रहेका छन् । पीसीआर विधिबाटबाट ६४ हजार १ सय ५४ नमुना परीक्षण भएका छन् । त्यसैगरी, आरडीटी विधिबाट १ लाख ५ हजार ४ ७८ जनाको परिक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घण्टाका अवधिमा ३ हजार २ सय ३८ पीसीआर विधिबाट र ३ हजार ४ सय ४४ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ ।