Loading... आजः शुक्रबार, अशोज ८, २०७८
Trending

प्रतिनिधि सभा र प्रदेश सभामा दैलेखका सांसदको माग

दैलेखका नागरिकको उपचारलाई पहिलो प्रथामिकता दिनु पर्ने

दैलेख : दैलेख जिल्लाका सङ्घीय संसद् र प्रदेश सांसदमा प्रतिनिधित्व गर्ने सांसदहरूले जिल्लाका नागरिकको उपचारका लागि आवश्यक पर्ने किट देखी कोरोना अस्पताल निर्माण गर्न माग गरेका छन् । प्रतिनिधि सभा सांसद रबिन्द्र शर्मा,राज बहादुर बुढा,पार्वती बिशुन्ख्ये,कर्णाली प्रदेश सभामा प्रदेश सांसद अमर बहादुर थापा,धर्मराज रेग्मी, सुशील थापाले दैलेखका नागरिकलाई राज्यले प्रदान गर्ने उपचार सेवा सुचारु गर्न माग गरेका छन् ।

कोरोना अस्पताल निर्माण गर्नुपर्छ : सांसद शर्मा     

दैलेख निर्वाचन क्षेत्र न १का सांसद एव नेकपा दैलेखका अध्यक्ष बलिन्द्र शर्माले प्रतिनिधि सभाको शून्य समयमा बोल्दै दैलेखका नागरिकको उपचारका लागि कोरोना अस्पताल निर्माण गर्न नेपाल सरकार सँग माग गरेका छन् । उनले दैलेखमा ६ हजार भन्दा नागरिक भारत बाट जिल्ला भित्रिएको भन्दै आवश्यक पर्ने किट र त्यसको परीक्षणका लागि दैलेखको स्वास्थ्य सेवा कार्यालयलाई कोरोना अस्पताल निर्माण गर्नु पर्ने माग गरेका छन् । उनले प्रतिनिधि सभा सदस्यले खर्च गर्न पाउने सांसद विकास कोषको रकमलाई समेत कोरोना महामारीमा खर्च गर्न आग्रह गरेका छन् । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशका ३ जिल्ला रुकुम पश्चिममा रहेको मुसिकोट अस्पताल,सुर्खेतमा रहेको प्रदेश अस्पताल र जुम्ला जिल्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना अस्पताल निर्माण गरे पनि त्यसले मात्र नपुग्ने भएपछि सम्बन्धित जिल्लाका अस्पतालहरूलाई कोरोना अस्पताल निर्माण गरेर परीक्षणका लागि आवश्यक पर्ने किट उपलब्ध गराउन माग गरेका छन् ।

प्रदेश सरकारले निर्णय कार्यान्वयन गर्न नसक्दा महामारी फैलियो  : थापा

कर्णाली प्रदेश सभा सदस्य अम्मर बहादुर थापाले कर्णाली प्रदेश सरकारले कोरोनाको महामारी नियन्त्रणका लागि गरेका निर्णय कार्यान्वयन गर्न नसक्दा कर्णालीमा कोरोनाको जोखिम बढेको बताएका छन् । उनले कर्णाली सभाको छैठौ बजेट अधिवेशनको शून्य समयमा बोल्दै सांसद थापाले सरकार कसले चलाइ राखेको छ कर्मचारीले की अरूले । सरकार निर्णय गर्छ कार्यान्वयन गर्न किन सक्दैन भन्दै प्रश्न गरेका छन् । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशको सीमा नाकामा नै आवश्यक परीक्षण गरेर नागरिकलाई जिल्ला पठाउने पर्ने भए पनि परीक्षण बिना नै नागरिकलाई जिल्ला पठाइएको इन्द्र आक्रोश पोखेका छन् । कर्णाली प्रदेशमा देखा परेका कोरोना सङ्क्रमितको विवरण हेर्ने हो भने दैलेखमा पहिलो छ तर त्यहाँका नागरिकको कोरोना परीक्षणका लागि आवश्यक किटको व्यवस्था नमिलाएको भन्दै तत्काल प्रदेश सरकारले किटको व्यवस्था गर्न माग गरेका छन् । उनले कोरोना महामारी कर्णाली प्रदेशमा रोक्न अव नेपाली सेना परिचालन गरेर नियन्त्रण नगर्ने हो कर्णाली प्रदेशमा समस्या हुने बताए ।

उद्धार गर्न जिल्लाको मन्त्री नै हुनुपर्ने हो प्रदेश सांसद  : थापा

कर्णाली प्रदेश सभाका सांसद सुशील कुमार थापाले बिरामीको उपचार गर्ने र त्यसको उद्धार गर्न सम्बन्धित जिल्लाको मन्त्री नै चाहिने हो भन्दै प्रदेश सरकार सँग आक्रोश पोखेका छन् । कर्णाली प्रदेश सभाको छैको बजेट अबिधेशनको शून्य समयमा बोल्दै सांसद थापाले कर्णाली प्रदेशमा सबै भन्दा पहिला दैलेखमा फेला परेका कोरोना संक्रमति युवकको उद्धार गर्न ढिलाइ गरेको प्रसङ्गमा सांसद थापाले सङ्क्रमितको उद्धार गर्न सम्बन्धित जिल्लाको मन्त्री नै हुनु पर्ने हो की सरकारको पनि दायित्व हो भनेर प्रश्न गरेका छन् । उनले मन्त्री भएको जिल्लामा स्वाब सङ्कलन गर्न हेलिकप्टर लिने र हुनै जिल्लामा सङ्क्रमित फेला पर्दा समेत सरकारले के हेरेको बसेको थियो भन्दै सरकारका मन्त्रीलाई समेत आग्रह पुर्वग्राह नराख्न आग्रह गरेका हुन । कर्णाली प्रदेश सरकारले दैलेखका अस्पतालमा पिसिएर परीक्षण गर्नका लागि आवश्यक मेसिन राख्नु पर्ने माग गरेका छन् ।

error: Content is protected !!