Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

परीक्षणको दायरा बढाए संगै भेटिदै सक्रमित

संक्रमितको संख्या १०४२
काठमाडौ  : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ह्‍वात्तै बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार बिहीबारसम्म कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ। बुधबार मात्रै ११४ जना कोरोना संक्रमित थपिएका थिए। मंगलबार ९० जना कोरोना संक्रमित थपिएका थिए। देवकोटका अनुसार थपिएका ११४ जना नयाँ संक्रमितमा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानमा गरिएको परीक्षणमा २ जना नयाँ संक्रमित रहेका छन्। उनीहरु सप्तरी जिल्लाका रहेका छन्। कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा २५ जना संक्रमित भेटिएका छन्। उनीहरु सबै झापाका रहेका छन्। भरतपुर अस्पतालमा गरिएको परीक्षणमा एकजना संक्रमित भेटिएका छन्।  काठमाडौंस्थित जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणमा धनुषमा २९ जना, महोत्तरीका १७ जनासहित ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहीँ गरिएको परीक्षणमा रौतहटका तीनजनामा पनि कोरोना पुष्टि भएको छ। त्यस्तै सप्तरीका १२ जनमा पनि कोरोना देखिएको छ। त्यसैगरि सर्लाहीका ७ जना र सिरहाका ६ जनामा पनि कोरोना देखिएको छ। दोलखाका दुईजनामा पनि कोरोना देखिएको छ। सोलुखुम्बुका एकजना पुरुषमा पनि कोरोना देखिएको छ। प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा २३ जनामा कोरोना देखिएको छ। जसमा १३ जना संक्रमित सुर्खेतका रहेका छन्। त्यसैगरी दैलेखमा ८ जनामा कोरोना देखिएको छ। बझाङका एकजनामा पनि कोरोना पुष्टि भएको छ। प्रादेशिक अस्पतालमा कास्कीमा गरिएको परीक्षणमा स्याङजाका तीनजनामा कोरोना देखिएको छ। सेती अस्पतालमा धनगढीमा गरिएको परीक्षणमा दार्चुलाका एकजना र कैलालीका दुईजनामा कोरोना देखिएको छ। त्यस्तै हेटौँडाको कीटजन्य प्रयोगशलामा गरिएको परीक्षणमा १ जना संक्रमित भेटिएका छन्। भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका तीनजना र बाँकेका एकजनामा कोरोना देखिएको छ। धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका १७ जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै संक्रमितको संख्या १०४२ पुगेको छ।