Loading... आजः सोमवार, साउन १८, २०७८
Trending

कर्णालीमा कोरोना संक्रमित ४६ जना पुगे

दैलेखका मात्र १६ पुगे

दैलेख :  कर्णाली प्रदेशमा कोरोना संक्रमित संख्या थपिएको छ । सामाजिक मन्त्रालयको स्वास्थ्य महाशाखाका अनुसार विहीबार थप आठ जनामा कोरोना पुष्टि भएको हो । प्रदेश अस्पताल सुर्खेतमा रहेको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।दैलेखको नारायण नगरपालिका एक का २६ वर्षीया पुरुष, वडा नं तीनका १९, ३०, ३६, ४० वर्षीया पुरुष, सोही नगरपालिकाका ४ का २० वर्षीया महिला र एक वर्षीया बालक र वडा नं. पाँचका १७ बर्षिया, एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको महाशाखा प्रमुख डा लक्ष्मी नारायण तिवारीले जानकारी दिए ।उनीहरु सबैजना जिल्ला अस्पताल दैलेखको सरस्वती माध्यमिक विद्यालय तर्तांगमा रहेको आइसोलेसन कक्षमा उपचार गराइरहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको डा. तिवारीले बताए । यसअघि दैलेखमा ८ जनामा कोरोना देखिइ सकेको छ । सुर्खेतमा बुधबार मात्रै १५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

error: Content is protected !!