Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

सेना परिचालन गर्न स्वीकृति माग

सुर्खेत  : कर्णाली प्रदेश सरकारले रोकोना भाइरस(कोभिड–१९) रोकथामका र नियन्त्रणमा सहयोग गर्न सेना परिचालन गर्न नेपाल सरकारसँग स्वीकृति मागेको छ ।
ठूलो सङ्ख्यामा भारतबाट फर्किएका कोरोना प्रभावितहरुलाई कामदार क्वारेन्टाइनमा उद्धार र व्यवस्थापनका लागि सेना परिचालन गर्न प्रदेश सरकारले अनुमति मागेको हो ।
प्रदेशमा कोरोना फैलिन थालिइसकेको र नेपाल प्रहरी तथा सशस्त्रले शान्ति सुरक्षासम्बन्धी अन्य कामसमेत गर्नुपर्ने भएकाले मन्त्रिपरिषदको बैठकले सेना परिचालनका लागि स्वीकृति मागेको सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् । कोरोनाका कारण रोजगारी गुमेपछि औसतमा दैनिक ४ हजार कर्णालीवासी भारतबाट फर्किने गरेका छन् । हाल कर्णालीका ८० हजार नागरिक भारतमा रहेको र ३० हजार फर्किने प्रदेश सरकारको अनुमान छ ।ठूलो सङ्ख्यामा नागरिक भित्रिएकोले महामारी फैलिने त्रास बढेको छ । हालसम्म कर्णालीमा भारतबाट आएका ३८ जनामा कोरोना पुष्टि भइसकेको छ