Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुग्यो

एकै दिन फेला परे ११४ जना संक्रमित

काठमाडौ  :  नेपालमा थप ११४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । धरानको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ११ जनामा पोजेटिभ देखिएका छन् । कोसी अस्पतालमा गरिएको परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको छ । हेटौँडाको प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा कोरोना संक्रमण देखिएको छ । पोखराको प्रदेशिक प्रयोगशाला गरिएको परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको छ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठामा गरिएको परीक्षणमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भेरी अस्पातलको प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनाको नमुनाको पोजेटिभ रिपोर्ट आएको हो । त्यसैगरी काठमाडौंको टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ ।