Loading... आजः मङ्लबार, फाल्गुन २५, २०७७
Trending

मृत्यु भएका युवामा कोरोना नेगेटिभ

सुर्खेत : भारतको गुजरातबाट आएर सुर्खेत प्रदेश अस्पतालमा मंगलबार राती मृत्यु युवामा कोरोना संक्रमण नभएको पाइएको छ । कोरोना आंशका गरिएका युवाको मृत्युपछि स्वाब परीक्षण गर्दा कोरोना नेगेटिभ आएको हो । प्रदेश अस्पताल कालागाउँका निर्देशक डा डम्बर खड्काले मृतक सुर्खेतको चिंगाड गाउँपालिका–२२ वर्षका वीरेन्द्र रोकायाको जाँच गर्दा कोरोना संक्रमण नदेखिएको बताए । हामीले मृतक रोकायाको स्वाब जाँच गर्न प्रयोगशालामा पठाएका थियौं । उनले भने, ‘उनको मृत्यु बाथरोगका कारणले भएको पुष्टि भएको छ । उनमा कोरोना संक्रमण भएको देखिएन ।

error: Content is protected !!