Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

कर्णाली प्रदेशमा कोरोना संक्रमति संख्या ३८ पुग्यो

सुर्खेत :  कर्णालीको प्रदेशमा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डम्बर खड्काका अनुसार बुधवार थप १५ जना नयाँ संक्रमित पुष्टि भएकाे हाे । कर्णालीमा यस अघि २३ जनामा संक्रमण पुष्टी भएकाे थियाे। थपिएका संगै कर्णालीमा जम्मा संक्रमितकाे संख्या ३८ पुगेकाे छ। आज पुष्टि भएका सबै सुर्खेतकाे भएकाे बताइएकाे छ तर सबै संक्रमितको विवरण खुलाइएको छैन् ।

सुर्खेत प्रयोगशालाबाट बुधबार पोजेटिभ देखिएका १५ जना
१. वीरेन्द्रनगर–४ का ६ जना
२ .वीरेन्द्रनगर–३ का १ जना
३. वीरेन्द्रनगर–५ का १ जना
४. वीरेन्द्रनगर–९ का १ जना
५. वीरेन्द्रनगर–११ का १ जना
६. चौकुने गा।पा का–३ जना
७. ठेगाना नखुलेका १ जना
८. बझाङ का १ जना