Loading... आजः शनिबार, माघ ५, २०८१
Trending

भेरी अस्पतालको अध्यक्षमा धिताल मनोनित

नेपालगञ्ज :  भेरी अस्पताल नेपालगञ्जको अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा नेकपा नेता प्रमोद धिताल मनोनित भएका छन । स्वास्थ्य तथा जनसख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णय बाट धिताललाई भेरी अस्पताल नेपालगञ्जको अध्यक्षमा मनोनित गरेको हो । विद्यार्थी राजनीतिबाट उदय भएका धिताल नेकपा बाँकेको प्रचार विभाग प्रमुख हुन । राजनिति संगै सामाजिक सेवा भावले अभिप्रेरित धिताल अस्पतालको समस्या र समाधानका विषयमा समितिमा नहुँदा समेत बिभिन्न कार्यमा सरिक हुने गरेका थिए । अस्पताल व्यवस्थापन समितिका सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठ ,स्वास्थ्यकर्मी समेत रहेका धनराम ओली र अधिकारकर्मी सरस्वती मल्ल लाई मनोनित गरिएको छ ।
अध्यक्षमा मनोनित भएपछि मेरो कर्णाली संग कुरा गर्दै अध्यक्ष धितालले अस्पतालको विकास र स्तर उन्नतीका लागि काम गर्ने बताए । उनले विश्वमा फैलिएको कोरोना माहामारीका बिरुद्ध खटिएका चिकित्सकहरुलाई हौसला प्रदान गर्दै संक्रमित व्यक्तिको उपचारका लागि अस्पताल विकास समिति तर्फ बाट गर्नु पर्ने काम कुनै कसर बाँकी नराख्ने बताए ।