Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

व्यबस्थापन राम्रो नभएको भन्दै नाराबाजी

दैलेख :  कोरोना संक्रमण बाट बच्न स्थानीय सरकारले निर्माण गरेका क्वारेन्टाइनमा राखिएकाहरुले नाराबाजी गरेका छन । भारतका विभिन्न सहर बाट घर फर्केकालाई दैलेखको नारायण नगरपालिका वडा नः १ मा रहेको त्रिभुवन उच्च माध्यमिक विद्यालयमा निर्माण गरेको क्वारेन्टाइनमा बसेका युवाहरुले आफ्नो बस्ने व्यबस्थापन राम्रो नभएको भन्दै नाराबाजी गरेका हुन । क्वारेन्टाइनमा रहेका करिब १ सय ३५ जनाले स्थानीय सरकारविरुद्ध नाराबाजी गरेका छन । उनीहरुले क्वारेन्टाइन व्यवस्थित नभएको, क्वारेन्टाइन स्थलमा खानेपानीको व्यावस्था नगरिएको भन्दै नाराबाजी गरेका छन्। क्वारेन्टाइन स्थलमा ढुंगामुढासमेत गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ। स्थानीय प्रशासन र नगरपालिकालाई पटक पटक भन्दा पनि ब्यवस्थापन हुन नसकेपछि आफुहरुले नाराबाजी गर्नुपरेको उनीहरुले बताएका छन । राती क्वारेन्टाइनमै नाराबाजी भएपछि दैलेख बजारका स्थानीयहरु समेत त्रसित भएका छन । स्थानीय सरकारले आफ्नो क्षमताले बस्ने व्यबस्थापन गरेपनि क्वारेन्टाइनमा बसेकाहरुलाई सुविधा भोगि भएका कारण समस्या आएको स्थानीयले बताए । उनीहरुले स्थानीय सरकारले कोरोना संक्रमण हुन नदिन रात दिन नभनेर व्यबस्थापन गर्दा समेत क्वारेन्टाइनमा बसेकाहरुले नाराबाजी गर्नुको कुनै तुक नभएको बताए । नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्नबहादुर खड्काले कोरोनाको माहामारीका बिरुद्ध एकताबद्ध हुने बेला नाराबाजी गर्नु उचित नभएको प्रतिक्रिया जनाएका छन ।