Loading... आजः शुक्रबार, मंसिर १७, २०७८
Trending

भारतको गुजरात बाट आएका एक युवाको मृत्यु

मृतकको आरडिटीसमेत परिक्षण गरिएको थिएन


सुर्खेत :  भारतको गुजरातबाट मंगलवार वीरेन्द्रनगर आइपुगेका एक युवाको मंगलबार राती निधन भएको छ । पूर्वमन्त्री एवम प्रदेश सभा सदस्य खड्क खत्रीका अनुसार सुर्खेतकै चिंगाड गाउँपालिका वडा नं तीन टुले हाल वडा नम्बर पाँच अवलचिंग बस्दै आइरहेका २२ वर्षका वीरेन्द्र रोकायाको निधन भएको हो ।
उनी हिजो मात्रै रुपइडियाबाट आएका थिए । मृतकको आरडिटीसमेत परिक्षण गरिएको थिएन । प्रदेश अस्पताल कालागाउँ सुर्खेतका कोरोना फोकल पर्सन डा के एन पौडेलले हिजो राती साढे बाह्र बजे जाँच गर्न जाँदा उनी अस्पतालमा मृत अवस्थामा फेला परेको बताए । ‘उनको राती नै निधन भएको हो । हामी जाँच गर्न जाँदा साढे बाह्र बजेको थियो, उनले भने उनको आरडिटी पनि परिक्षण गरिएको थिएन । उनी दुई वर्ष देखि बाथ रोगबाट ग्रसित थिए भन्ने कुरा आएको छ । चिंगाड जाने बसमा आएका उनलाई असजिलो भएका कारण हिँजो साँझ अस्पतालमा भर्ना गरिएको थियो ।

error: Content is protected !!