Loading... आजः बिहिबार, माघ ८, २०७७
Trending

संविधान संशोधनको विषयमा थप छलफल गर्न माग


काठमाडौं :  संविधान संशोधनको विषयमा थप छलफल गर्नका लागि नेपाली काँग्रेसले सरकारसँग माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको विषयमा राष्ट्रिय सहमति बनाउनका लागि सर्वदलीय बैठकको बोलाएका थिए । । सो बैठकमा नेपाली काँग्रेसले त्यसको बारेमा थप अध्ययन गर्नुपर्ने भएकाले समय माग गरेको नेकपाका स्थायी समिति सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।
जनता समाजवादी पार्टीले पनि संविधान संशोधन प्याकेजमै गर्ने कुरा उठाएको थियो । जनता समाज बादी पार्टी नेपालको तर्फबाट बोल्दै नेता महन्थ ठाकुरले नक्साको बारेमा संविधान संशोधन हुन लागेको छ त्यसमा आफूहरुको कुनै अपत्ति छैन तर त्योसँगै आफूहरुले विगतदेखि उठाउँदै आएको माग समेट्दै प्याकेजमै संविधान संशोधन हुनेपर्ने कुरा राखेका छन । बैठकमा राष्ट्रिय दलका शीर्ष नेताहरुको सहभागी हुनुको सार्थ पूर्व प्रधानमन्त्रीहरुको पनि उपस्थिति थियो ।

error: Content is protected !!