Loading... आजः सोमवार, जेष्ठ ७, २०८१
Trending

मंगलबार थपिए ९० कोरोना संक्रमित

नेपालमा कोरोना संक्रमितको सख्या ७७२ पुग्यो

काठमाडौँ  : नेपालमा ९० जना कोरोना संक्रमित थपिएका छन्। देशका बिभिन्न कोरोना अस्पतालमा गरिएको परीक्षणमा ९० जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार महत्तरीका २, बारामा कार्यरत जुम्लाका २, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जाका २ र सुर्खेतका १२ जना कोरोना संक्रमित थपिएका हुन्। संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ७७२ पुगेको छ। तीमध्ये अहिलेसम्म ४ जनाको मृत्यु भएको छ। १५५ जना संक्रमित निको भएर घर फर्किएका छन्।