Loading... आजः मङ्लबार, मंसिर १८, २०८१
Trending

नागरिकको स्वास्थ्य प्रति सम्बेदनशिल भएर काम गरेका छौँ

चीनको हुवान्त सहरमा पहिलो पटक देखा परेको कोरोना भाइरस (कोभिड–१९) कारण विश्व यति बेला आक्रान्त बनेको छ । विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ५५ लाख ९० हजार ३ सय ५८ पुगेको छ । कोरोना भाइरसका सङ्क्रमण पछि उपचार पश्चात् घर फर्केकाको २३ लाख ६६ हजार ५ सय ७४ जना निको भएका छन् भने कोरोना सङ्क्रमण बाट मृत्यु हुनेको खस्या ३ लाख ४७ हजार ९०७ पुगेको छ । नेपालमा कोरोना संक्रमतिको खस्या करिब ७ सयको हाराहारीमा पुगेको छ भने उपचार पछि घर फर्कनेको सङ्ख्या ११२ पुगेको छ । भने ४ जनाले मृत्यु भएको छ । नेपालमा सबै भन्दा पछाडि देखिएको कर्णाली प्रदेशमा समेत कोरोना सङ्क्रमण तीव्र गतिमा बढ्दै गएको छ । जेठ ५ गते कर्णाली प्रदेशको दैलेख जिल्लाको आठबिस नगरपालिका वडा १ सातलामा देखा परेको थियो । ५२ प्रतिशत गरिवीको रेखामुनी रहेको कर्णाली प्रदेश बाट रोजगारीका लागि भारत लगायत तेस्रो मुलुक जाने नागरिक अन्य प्रदेशको तुलनामा बढि छन ।  कर्णाली प्रदेश र त्यस मध्ये दैलेख जिल्ला उच्च जोखिम रहेको छ । स्थानीय सरकारले कोरोना भाइरस सङ्क्रमण बाट बच्न कस्ता अभियान सञ्चालन गरेका छन् । यसै सन्दर्भमा नौमुले गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र शाही सँग मेरो कर्णाली अनलाइनले गरेको संक्षिप्त कुराकानीको  अंश .
आज भोलि के मा व्यस्त हुनु हुन्छ
अहिले भारत बाट घर फर्केका नागरिकको क्वारेनटाइन बस्ने व्यवस्थापन, स्वास्थ्य कर्मी परिचालन र औषधी लगायतका स्वास्थ्य सामाग्रीको आर्पुती साथै जनचेतनामूलक क्रियाकलाप सञ्चालन गर्नमै व्यस्त भएको छु ।
भारत बाट नौमुले गाउँपालिकामा कतिको नागरिक भित्रिएका छन् ।
सरकारले लकडाउन गर्नु भन्दा पहिला देखि लकडाउन भित्रै धेरै नागरिकहरू भित्रिएका छन् । हाल भित्रिएका २१४ जना क्वारेनटाइनमा राखिएको छ।
भारत बाट आएकालाई कसरी राख्ने व्यवस्था मिलाइएको छ ।
भारत बाट आएका स्थानीय नागरिकहरूलाई राख्नका लागि तीन वटा विद्यालयमा क्वारेनटाइन निर्माण गरेका छौ। भैरव मा वि नौमुले,ने रा आ वि तोलि,ने रा आ वि आलेगाउ,कालिका मा वि वांगे ,शिवशक्ति मा वि सल्लेरीमा राख्ने व्यवस्था मिलाइएको छ । थप नागरिक आएको खण्डमा अन्य स्थानमा समेत बस्ने व्यवस्थापन गर्ने गरी काम गरिरहेका छौ ।
प्रत्येक वडामा स्वास्थ्य कर्मीको व्यवस्थापन कसरी गर्नुभएको छ ।
स्वास्थ्यकर्मीहरु हरेक वडामा पहिले देखि नै कार्यरत हुनु हुन्छ।हाल कोभिड १९ को सङ्क्रमित व्यक्ति भेटिएमा आईसोलेसन वार्डमा खटिएका लागि र क्वारेनटाइनमा खटिनका लागि दिर्घरोगि,गर्भवती ,सुत्केरी र दुई वर्ष मुनिका बच्चाका आमाहरू बाहेक अन्य सबै स्वास्थ्य कर्मी हरूलाई डयुटिमा खटाउने तयारी गरिएको छ।
यस्तो महामारीमा गाउँपालिकाले औषधी खरिद तथा व्यवस्थापन कसरी गरेको छ ।
कोरोना भाइरसका सङ्क्रमणको जोखिममा पनि हामीले न्यूनतम स्रोतबाट अति आवश्यक औषधि तथा स्वास्थ्य सामाग्री हरू स्थानीय सरकारको निर्णयअनुसार खरिद गरी हरेक स्वास्थ्य सस्थाहरूमा पुन¥लाएका छौ । जिल्ला भर ज्वरो नाप्ने थर्मल गन नहुँदा समेत नौमुले गाउँपालिकाले पहिलो पटक खरिद गरेर नौमुले गाउँपालिकाको तामेमा हेल्थ डेस्क स्थापन गरेर भारत लगायतका विभिन्न मुलुक बाट आएकाहरूको स्वास्थ्य परीक्षण समेत गरेका थियौँ । अहिले गाउँपालिकाका सबै वडामा ज्वरो नाप्ने थर्मल गनो व्यवस्था गरेका छौ ।
कोरोना परीक्षणका लागि आवश्यक स्वास्थ्य सामाग्रीको व्यवस्थापन कस्तो छ।
स्थानीय तहमा  RDT KIT  को अभाव छ।माथिल्लो निकाय वाट प्राप्त नभएमा स्थानीय तह वाट सम्भव भए सम्म खरिद गर्ने तयारी गरेका छौ ।

गाउँपालिकाले निर्माण गरेको क्वारेनटाइन र आइसलेसनको अवस्था कस्तो छ ।
अप्रत्याशित रूपमा विदेश वाट मानिसहरू भित्रिए पछि पुर्वतयारी विना क्वारेनटाइन सञ्चालन गर्नु परेको स्थिति छ।तैपनि सीमित श्रोत र साधनले असीमित व्यवस्थापन गर्नु पर्ने बाध्यता छ।नौ मूले प्राथमिक स्वास्थ्य केन्द्रमा आईसोलेसन बेडहरू तयारी गरेका छौ । भोलि कदाचित कोरोना सङ्क्रमण भएमा त्यहाँ राखेर उपचार गर्ने व्यवस्था मिलाउन लागेका छौ ।
कोरोना सङ्क्रमणको महामारीका बिच खोप कार्यक्रम कसरी सञ्चालन भएका छन् ।
हो कोरोना भाइरस सङ्क्रमणको जोखिम हुँदा पनि हामीले त्यस बाट बच्ने सुरक्षा सामाग्री प्रयोग सँगै सामाजिक दुरी कायम गरी आधारभूत स्वास्थ्य सेवा तथा नियमित खोप कार्यक्रम हरू सञ्चालन गरेका छौ । गाउँपालिकाका प्रत्येक वडामा स्वास्थ्य कर्मी परिचालन भएका छन् ।

महामारीको बेला उपचारमा खटिने टोलीको मनोबल वृद्धि गर्नका लागि सङ्घ,प्रदेश र स्थानीय सरकारले के गर्नु पर्ला ।
कोरोना महामारीमाका कारण स्वास्थ्य कर्मी समेत सङ्क्रमण भएका विश्वका घटनाले समेत स्वास्थ्य कर्मीमा केही समस्या सिर्जना भएको भए पनि त्यसको अतीम विकल्प भनेको नगरी सुखै छैन । त्यसको अवस्थामा पनि अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्य कर्मी हरूलाई जोखिम भत्ता लगायत ,बिमाको व्यवस्था गर्नु पर्छ।जन स्तर तथा सरकार वाट प्रोत्साहन र हौसला प्रदान गरिनु पर्छ।त्यो गरेको खण्डमा स्वास्थ्य कर्मीको मनोबल वृद्धि हुने अवस्था सिर्जना हुन्छ र महामारीलाई जित्न सकिन्छ ।

यो सँगै पोषणको कुरा पनि सोधौँ तपाईँको गाउँपालिकामा पोषणका अवस्था कस्तो छ ।
पोषणको अवस्था हालसम्म सामान्य नै रहेको छ।कोभिड आक्रमणको जोखिम यही स्तरमा रहने हो भने अब कुपोषण को समस्या थपिने निश्चित छ।त्यसका लागि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले बिशेषखालका कार्यक्रम सञ्चालन गर्नु पर्ने बेला आएको छ ।

गाउँपालिमा बुहुक्षेत्रिण पोषण योजना कार्यक्रम सञ्चालन भएको छ त्यस बाट गाउँपालिकामा के के काम भएका छन् ।
गाउँपालिका स्तरिय तथा वडा स्तरिय बैठकहरू सञ्चालन भएका छन्।कृषि,पशु,शिक्षा,स्वास्थ्य ,खानेपानी सरसफाइ तथा महिला विकासका क्षेत्रमा विभिन्न क्रियाकलापहरू सञ्चालन गरिएका छन्। त्यसमा विशेष गरेर उनीहरूलाई पोषणको बारेमा जनचेतना जगाउनु पहिलो प्राथमिकता हो । दोस्रो चौमासिक देखि यताका कार्यक्रमहरू प्रचार प्रसार बाहेक अन्य कार्यक्रमहरू स्थगित भएका छन्। पोषणका क्षेत्रमा गर्नु पर्ने काम महामारीका कारण रोकिएका छन् । महामारी रोकिएपछि थप क्रियाकलाप गाउँपालिकाले गर्ने छ
अन्त्यमा के भन्न चाहनुहुन्छ ।

सर्व प्रथम तपाई र मेरो कर्णाली अनलाइन टिमलाई धन्यवाद दिन चहाँछौ । विश्वमा फैलिएको कोरोना भाइरसका कारण स्वास्थ्य कर्मीका समस्या,स्वास्थ्य कर्मीको परिचालन देखी गाउँपालिकाले कोरोना सङ्क्रमण न्यूनीकरणका लागि गरेको विभिन्न गतिविधिका लागि कुरा राख्ने अवसर दिनुभयो । यो कोरोना सङ्क्रमण बाट बच्नका लागि आम नागरिकले आत्मनुशासन सङ्घीय सरकार र स्थानीय सरकारले जारी गरेको जनहितमा जारी सन्देशलाई आत्म साथ गरेर  क्वारेनटाइनमा बस्न आग्रह गर्दछु  यो समय आफू पनि बाँच्ने र अरूलाई पनि बचाउने अभियानमा साथ दिन गाउँपालिका बासीलाई अनुरोध गर्दछु ।