Loading... आजः आइतवार, फाल्गुन २३, २०७७
Trending

संक्रमित आमा बुवा संगै रहेका एकवर्षे बालकको रिपोर्ट नेगेटिभ

दैलेख :  दैलेख जिल्लाको डुगेश्वर गाउँपालिका कोरोना संक्रमित दम्पती संगै रहेका बालकको भने रिर्पोट नेगेटिभ आएको छ । बालकसहित आमाबाबुको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि सुर्खेत पठाइएको थियो । सुर्खेत प्रयोगशाला हुँदै नेपालगन्ज पठाइएको स्वाबको रिपोर्टमा आमाबाबुमा पोजेटिभ आए पनि एकवर्षे बालकको रिपोर्ट भने नेगेटिभ आएको छ । उनीहरूलाई दैलेखको सरस्वती मावि तर्ताङमा निर्माण गरिएको आइसोलेसन केन्द्रमा राखिएको छ । बालक पनि हाल उनीहरूकै साथमा छन् । बालकलाई अब संक्रमित आमाबुबासँगै राख्ने वा नराख्ने भन्ने टुंगो लागेको छैन । संक्रमित सबै भारतबाट आएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जानकारी दिएको छ । संक्रमित सबै व्यक्ति क्वारेन्टाइनमा भएकै वेलामा स्वाब संकलन गरिएकाले समुदायमा फैलिन नपाएको स्वास्थ्य कार्यालय दैलेखले जानकारी दिएको छ ।

error: Content is protected !!