Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

भारत बाट आएका थिए दैलेखका ८ जना सङ्क्रमित

कोरोनाको उच्च जोखिममा दैलेख


दैलेख :  सोमवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार दैलेखको कोरोना सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । सोमवार संक्रमति पुष्टि भएका दैलेखको नारायण नगरपालिकाका दुई जना गुराँस दुई जना डुगेश्वरका गाउँपालिकामा तीन जना र गत जेठ ५ गते दैलेखको आठ बिस नगरपालिका वडा १ नः का ३५ वर्ष युवक कोरोना सङ्क्रमित गरी कर्णाली प्रदेशको दैलेखमा आठ जना कोरोना सङ्क्रमित पुगेका छन् । त्यस्तै सुर्खेतका ३ जना गरी कर्णालीमा ११ कोरोना सङ्क्रमित पुगेका छन् । दैलेखमा कोरोना सङ्क्रमण भएका पुरुष महिला भारतका विभिन्न सहर बाट नेपाल आएको बताइएको छ । उनीहरूलाई शुक्रवार नारायण नगरपालिकाले नेपालगन्जको रुपडिया नाका बाट उद्धार गरी ल्याइएको थियो । उनीहरू सँग ६ सय १ जना सँगै आएका थिए । नारायण नगरपालिकामा फेला परेका नयाँ सङ्क्रमित १५÷१८ वर्षीय पुरुष हुन । डुगेश्वर गाउँपालिकामा एक जना महिला र दुई जना जना पुरुष हुन । उनीहरू पनि केही समयअघि मात्र भारतबाट डुंगेश्वर आएका खुलेको छ । सोमबार भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा दैलेखका एक जना महिला सहित ५ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत पशुपक्षी रोग अन्वेषण प्रयोगशाला गरिएको परीक्षणमा दैलेखकै गुराँस गाउँपालिकाका २ जना पुरुष छन् ।

बन्दाबन्दिमा भित्रिए चार हजार बढी स्थानीय

कोरोना भाइरस सङ्क्रमणलाई न्यूनीकरण गर्न सरकारले गरेको बन्दाबन्दैको समयमा समेत दैलेखमा चार हजार नागरिक जिल्ला भित्रिएको बताइएको छ । जिल्ला प्रशासनले दिएको जानकारी अनुसार दैनिक २ सय देखी एक हजार सम्म नागरिक जिल्ला भित्रिएको जानकारी दिएको छ । सरकारले लकडाउन गर्न पूर्व १४ सय बढी स्थानीय तहमा आएको विवरण जिल्ला प्रशासनमा भए पनि अन्य नाका बाट ७ सय भन्दा बढी नागरिक जिल्ला भित्रिएका थिए । जिल्ला स्वास्थ्य कार्यालय दैलेखले स्थानीय तहले निर्माण गरेका क्वारेनटाइनमा राखेका १३ सय जनाको आरडिटि परीक्षण ४ सय ८९ जनाको स्वाब सङ्कलन गरेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत एवम् सूचना अधिकारी तिर प्रसाद रेग्मीले अहिले सम्म ८ जनामा आरडिटी पाजेटीभ र ८ जनामै सिपिआर पोजेटिभ देखिएको बताउनुभयो । उहाँले जिल्लाका ११ स्थानीय तहले निर्माण गरेका क्वारेनटाइनमा बस्नेको खस्या अझै दुई हजार भन्दा बढी रहेको छ । जिल्ला प्रशासनले दिएको जानकारी अनुसार २ हजार ९५ जना अहिले पनि क्वारेन्टनमा बसेको जानकारी दिएको छ ।

व्यवस्थापनमा चुनौती कायमै

भारत सरकारले रेल सेवा सुचारु गरी धमाधम नेपालका नाकाहरूमा ल्याएर नेपालीलाई छोड्ने रणनीतिका कारण अहिले नेपालका स्थानीय तह समस्यामा परेका छन् । २० वर्ष भन्दा बढी भारतमा परिवार सहित बसेकाहरू समेत नेपालमा फर्कन थालेपछि स्थानीय तहमा निर्माण गरिएका क्वारेनटाइन समेत अपुग अवस्थामा रहेका छन् । नारायण नगरपालिका नगर प्रमुख रत्न बहादुर खड्काले कोरोनाको महामारीका कारण भारत बाट धेरै नागरिक आइरहेको बताउँदै उनीहरूको उद्धार सँगै क्वारेनटाइनमा राख्ने व्यवस्था मिलाउन लागेको बताउनुभयो । उहाँले भारत लगायत अन्य जिल्ला बाट आएका नागरिकको व्यवस्थापनका अहिले हामीलाई ठुलो चुनौती बनेको छ । त्यसका लागि कार्यालयका सबै काम स्थगित गरेर क्वारेनटाइन निर्माण र उनीहरूको व्यवस्थापनमा लागेको बताउनुभयो । महावु गाउँपालिका दैलेखका अध्यक्ष जङ्ग बहादुर शाहीले अहिले सम्म ५ सय भन्दा स्थानीय गाउँपालिकामा आइसकेको बताउँदै अन्य आएको खण्डमा कसरी राख्ने भन्ने समस्या भएको बताउनुभयो । उहाँले गाउँपालिकाले सके सम्मको व्यवस्था गरेको छ अहिलेको अवस्थामा पनि त्यो उत्कृष्ट हो त्यसलाई नागरिकले सहजताका साथ लिएर क्वारेनटाइनमा बस्नु पर्ने बताउनुभयो । दैलेखको आठबिसन नगरपालिका दैलेखका नगर प्रमुख खड्गराज उपाध्यायले नगरपालिकाको वडा न आः १मा कोरोना सङ्क्रमण पुष्टि भएपछि स्थानीय समेत सन्त्रास फैलिदा समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले उत्पन्न भएको परिस्थितिलाई मध्य नजर गर्दै नगरपालिकाले विभिन्न सचेतना मूलक काम गरेको बताउँदै यो सङ्कटको घडीमा समेत आफ्नो ज्यान जोखिममा राखेर जनताको उदारका लागि आफै खटिएको बताउनुभयो ।