Loading... आजः शनिबार, साउन १६, २०७८
Trending

७९ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या संख्या ६८२ पुग्यो

कर्णाली प्रदेशमा ११,दैलेखका ८ जना संक्रमित

 

काठमाडौँ : सोमबार थप ७९  जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार थप ७९  जनामा कोरोना भाइरस संक्रमण पुष्टि गरेको हो। यो सहित कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ। संक्रमित हुनेमा धनुषामा ३ , कपिलवस्तुमा ३, काठमाडौंमा ३, बारामा २, रौतहटकामा २६ , सप्तरीमा २, बर्दियामा १ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यस्तै , बाँकेमा ४ ,बारामा २१, दैलेखमा ७ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सेती अञ्‍चल अस्पताल कैलालीमा गरिएको परीक्षणमा अछामको मेल्लेखमा ३२ वर्षीय युवकमा कोरोना पुष्टि भएको छ। त्यसैगरी भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाको गुलरियाका तीन जनामा कोरोना पुष्टि भएको छ।

त्यस्तै गुलरिया १० बर्दियाका २२ र २४ वर्षीय तथा गुलरिया २ का १८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। त्यसैगरी चितवनस्थित नारायणी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा २ जनामा संक्रमण देखिएको छ। जसअनुसार जिराभवानी गाउँपालिका पर्साका १८ वर्षीय पुरुष र काठमाडौं घर भइ बाराको कलैयामा काम गर्दै आएका २६ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ। सोमबारै बाराकै अर्का पुरुषमा पनि कोरोना पुष्टि भएको छ। नेशनल मेडिकल कलेज वीरगञ्‍जमा जेठ ४ गते ज्यान गुमाएका बाराका ७० वर्षीय वृद्धमा कोरोना पुष्टि भएको उनले बताए।

error: Content is protected !!