Loading... आजः मङ्लबार, चैत्र ४, २०८१
Trending

भित्रिदै नागरिक ,थपीदै चुनौती

कमल शर्मा/अमृत प्याकुरेल : बिहिवार १ हजार २ सय नागरिक दैलेख भित्रिए । जिल्लाका ११ स्थानीय तहले आफना नागरिकलाई डुगेश्वर गाउँपालिका वडा नः १ को चुप्रा बजार नजिकै गैरी बाट उद्दार गरेर आ आफ्नो पालिकामा पु¥याए । पालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखियो । पुन शनिवार ६ सय १ जना नागरिक जिल्ला प्रबेश गरे । त्यस मध्ये नारायण नगरपालिकाका १सय ५ जना, भैरबी गाउँपालिकाका ४५ जना, दुल्लु नगरपालिकाका १सय ६२ जना, महाबु गाउँपालिकाका १सय ३८ जना, डुङ्गेश्वर गाउँपालिकाका १२ जना, गुराँस गाउँपालिकाका ३ जना,आठबिस नगरपालिकाका ४६ जना, ठाँटिकाध गाउँपालिकाका २६ जना,चामुण्डाबिन्द्रासैनी नगरपालिकाका ५६जना र नौमुले गाउँपालिकाका ८ जना गरि जम्मा । ६०१ जना भित्रिए । यसै गरि जिल्ला भित्रिनेको संख्या दैनिक बढ्दो क्रममा छ । विश्वमा कोरोना भाइरस संक्रमण फैलिए संगै लामो समय देखी भारत लगायत तेस्रो मुलुकमा बसेकाहरु धमाधम घर फर्किन थालेपछि सरकारले गरेको बन्दाबन्दि भन्दा अगाडी नै १४ सय भन्दा बढि जिल्ला भित्रिएको तथ्याङक जिल्ला प्रशासन संग छ । जिल्ला प्रशासनलाई छलेर अरु ८ सय भन्दा बढि नागरिक जिल्लामा भित्रिएका थिए । बन्दाबन्दिको समयमै भारत सरकारले रेल सेवा सुचारु गरेर नेपालको नाका सम्म नेपालीहरुलाई ल्याएर छोड्न थालेपछि अहिले स्थानीय सरकारले दैनिक ५ सय देखी एक हजार नागरिकलाई उद्दार गरिरहेका छन ।

व्यवस्थापन गर्न कठिनाई

भारतबाट दैनिक जसो जिल्लामा भित्रिने नागरिकको लागि निर्माण गरिएको क्वारेन्टाइनहरु अपुग हुने थालेका छन । जिल्लाका ११ स्थानीय तहमा ८६१ वटा क्वारेन्टाइन निर्माण गरेको भएपनि दैनिक रुपमा नागरिक जिल्ला भित्रिन थालेपछि अहिले त्यसको व्यबस्थापनमा समस्या देखिएको छ । नारायण नगरपालिका नगर प्रमुख रत्न बहादुर खड्काले कोरोनाको महामारीका कारण भारत बाट धेरै नागरिक आइरहेको बताउदै उनीहरुको उद्दार संगै क्वारेन्टाइनमा राख्ने ब्यबस्था मिलाउन लागको बताए । उनले भारत लगायत अन्य जिल्ला बाट आएका नागरिकको व्यवस्थापनका अहिले हामीलाई ठुलो चुनौती बनेको छ । त्यसका लागि कार्यालयका सबै काम स्थगित गरेर क्वारेन्टाइन निर्माणमा आफुहरु लागि परेको बताए ।
महावु गाउँपालिका दैलेखका अध्यक्ष जंग बहादुर शाहीले अहिले सम्म ५ सय भन्दा स्थानीय गाउँपालिकामा आइसकेको र अन्य आएको खण्डमा कसरी राख्ने भन्ने समस्या भएको बताए । उनले गाउँपालिकाले सके सम्मको ब्यबस्था गरेको छ अहिलेको अबस्थामा पनि त्यो उत्कृष्ट हो त्यसलाई नागरिकले सहजताका साथ लिएर क्वारेन्टाइनमा बस्नु पर्ने बताए । यो संकटको घडि हो संकटको घडिमा समेत आफ्नो ज्यान जोखिममा राखेर पछि उद्धार गरेर आफै हिड्ने गरेका छौ उनीहरुको स्वास्थ्य परीक्षण गराएर घर फर्काउने तयारीमा रहेका छौ ।
भैरवी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हिरासिह थापाले विहिवार १ सय २३ जनाको उद्दार गरेको र थप ११ जनालाई उद्दार गर्नका लागि गाउँपालिकाले गाडि पठाएको बताए । उनले भने गाउँपालिकामा धमाधम क्वारेन्टाइन निर्माणमा पनि लागेको छौ ५ स्थानमा २ सय भन्दा बढि क्वारेन्टाइन निर्माण गर्दा समेत नपुग्ने अबस्थामा आएको छ जिल्लाको अन्य गाउँपालिका तथा नगरपालिकाले समेत आफ्ना नागरिकको सहज ब्यबस्थापन गरेपनि आउनेहरुको सख्या बढि भएका कारण ब्यबस्थापनमा समस्या भएको प्रतिक्रिया दिएका छन । आठबिस नगरपालिका दैलेखका नगर प्रमुख खड्गराज उपाध्यायले नागरिकको उद्दार गर्न निकै कठिन अबस्था आएको बताए । उनले भने सबै स्थानमा अलपत्र परेको नागरिकको उद्दार गर्न आफै खटेको छु । यो माहामारीको बिषम प्रस्थितिमा केही ब्यक्तिहरुले राजनैतिक गरेको प्रति आफुलाई दुख लागेको बताए ।

स्थानीय सरकारकै बिरुद्ध नाराबाजी

बिहिवार नारायण नगरपालिकाले उद्दार गरेर ल्याएका स्थानीयलाई नारायण क्याम्पस निर्माण गरेको क्वारेन्टाईनमा राख्यो । क्वारेन्टाइनमा राखेपछि त्यसको अबस्था बुझन नगरपालिकाका जनप्रतिनिधी,कर्मचारी नारायण क्याम्पसमा पुगे । उनीहरुले स्थानीय सरकारका जनप्रतिनिधीहरुलाई गालि गरिहरको थिए । भन्दै थिए फेरी चुनाव आउँला भोट माग्न आएपछि थाहा हुन्छ यस्तै तथानाम भनाई खाएपछि स्थानीय सरकारका जनप्रतिनिधी समेत अन्यौलमा परे । आफैले उद्धार गरेका छौ गाली पनि खाएका छौ तर पनि उनीहरुको स्वास्थ्यमा समस्या नभइदिएको भए हुन्थ्यो नारायण नगरपालिका दैलेखका नगर प्रमुख रन्त बहादुर खड्काले भने भारत बाट आएकाहरु मध्ये दैलेखको आठबिस नगरपालिकामा कोरोना पोजेटिभ देखिएको छ । नारायण क्याम्पसमा रहेको मध्ये बाट केहीमा आरडिटि परीक्षण पोजेटिभ देखिएको छ यस्तो जोखीमपुर्ण अबस्थामा पनि रातदिन नभनेर उनीहरुको सेवामा खटिएका छौ क्वारेन्टाइनमा बसेकाले समस्या बुझ्दिनु प¥यो । नगर प्रमुख खड्काले भने यो समस्या नारायण मात्र होईन समस्या सबै स्थानीय तहमा छ ।