Loading... आजः शनिबार, माघ ३, २०७७
Trending

नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुग्यो

कोरोना जितेर फर्किए ७८ जना

काठमाडौँ :  नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ६०३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार एकै दिन आइतवार १९ जना संक्रमित थपिए संगै नेपालमा कोरोना संक्रमित सख्या ६०३ पुगेको हो । जस अनुसार पर्सा, नुवाकोट, रुपन्देही, बारा, कपिलवस्तुमा नयाँ संक्रमित भेटिएका छन्। त्यसैगरी गुल्मीको मदानेमा पनि एकजना संक्रमित भेटिएका छन्। आइतवार मोरङमा १, बारामा १, पर्सामा ३, रौतहटमा १, सर्लाहीमा १, रूपन्देहीमा ६, काठमाडौँ सोह्रखुट्टेमा १, नुवाकोटमा १, कपिलवस्तुमा ३, गुल्मीमा १ जना संक्रमित थपिएका हुन्। पछिल्लो पटक कोरोना संक्रमित भेटिने नयाँ जिल्ला नुवाकोट भएको छ। यससँगै कोरोना संक्रमण फैलिएर ४२ जिल्लामा पुगेको छ। ककनी गाउँपालिका ३ का एक युवामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। देवकोटाका अनुसार हालसम्म कोरोना संक्रमण भएर उपचारपछि निको हुनेको संख्या ८७ पुगेको छ। पछिल्लो पटक बुटवलबाट १० जना र पर्साको वीरगञ्‍जबाट ७ जना निको भएर घर फर्किएका छन्।

error: Content is protected !!