Loading... आजः आइतवार, अशोज ३, २०७८
Trending

कर्णालीमा थप ५ जनामा कोरोना संक्रमण

पुनः पुष्टिको लागि स्वाब नेपालगंज पठाइयो

दैलेख : कर्णालीमा थप ५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। भारतवाट कर्णाली भित्रिएर सुर्खेतमा क्वारेन्टाइनमा बसेका ५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएपछि थप पुष्टि गर्न स्वाब नेपालगंज पठाइएको छ। शनिवार बंबई नाका हुँदै कर्णाली भित्रिएका मध्ये आरडिटि गर्दा ११ जनामा कोरोना पोजेटिभ देखिएको थियो। पोजेटिभ देखिएकालाई वीरेन्द्रनगरस्थित क्वारेन्टाइन राखेर पिसिआर जाँच गर्दा ५ जनामा कोरोना पोजेटिभ देखिएको सामाजिक मन्त्रालयको जनस्वास्थ्य महाशाखा प्रमस लक्ष्मी नारायण तिवारीले जानकारी दिए । उनका अनुसार सुर्खेतको प्रयोगशालामा पोजेटिभ देखिएका ५ जनाको स्वाब संकलन गरि पुनस् पुष्टिको लागि नेपालगंज पठाइएको छ। नेपालगंजवाट दिउसोसम्म रिपोर्ट आइसक्ने उनले जानकारी दिए। यसअघि कर्णालीमा ४ जनामा कारोना संक्रमण देखिएको छ। उनीहरूको प्रदेश अस्पतालमा उपचार भैरहेको छ।

error: Content is protected !!