Loading... आजः शनिबार, माघ ५, २०८१
Trending

मुख्यमन्त्री शाहीले फिर्ता गरे स्कटिङका सुरक्षाकर्मी

सुर्खेत  : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्टटिङमा खटिने सुरक्षाकर्मी फिर्ता गरेका छन्। शनिबारदेखि पिएसओ र आर्मी बाहेकका स्टटिङमा खटिने ८ जना प्रहरीहरु फिर्ता गरेका हुन्। कोरोना भाइरसविरुद्धको महामारीमा खटिन सुरक्षाकर्मीको अभाव भएपछि स्टटिङमा खटिने प्रहरीहरु फिर्ता गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकारी ध्रुवविक्रम बुढाथोकीले जानकारी दिए। उनका अनुसार मुख्यमन्त्रीको २ जना प्रहरी नायव निरीक्षक, १ जना प्रहरी सहायक निरीक्षक ८ जना प्रहरीलाई फिर्ता पठाएको हुन्।