Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

सङ्क्रमित युवकको अवस्था बुझ्न सामाजिक विकास मन्त्री दैलेखमा

आत्मबल बलियो बनाउँन मन्त्रीको आग्रह

दैलेख  : कोरोना सङ्क्रमण भएको पुष्टि भएका दैलेखको आठबिस नगरपालिका वडा १ सात्तलाका ३५ वर्षीय युवकको अवस्था बुझ्न कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल दैलेख पुग्नुभएको छ मन्त्री रावल सहित स्वास्थ्य निर्देशनालय सुर्खेतका निर्देशक रिता भण्डारी जोशी सहितको टोली दैलेखमा पुगेको छ । मन्त्रीको टोलीले जिल्ला स्वास्थ्य कार्यालयमा आवश्यक छलफल गरी सङ्क्रमित युवकको उपचारका लागि आवश्यक पर्ने सबै तयारी गर्न निर्देशन दिएको स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ । सामाजिक विकास मन्त्री दल रावलले कर्णालीमा संक्रमित भएको पुष्टि भएको खवर प्राप्त हुन बित्तिकै युवकको उपचारको व्यवस्था गर्न आवश्यक निर्देशन दिएको बताए । उनले आफुले स्वयम कोरोना संक्रमित भएका युवालाई भेटेर आत्मबल बलियो बनाएर बस्न र कोरोनालाई जित्न हौसला दिन आफु दैलेखको आएको बताए ।
उनले कुनै पनि प्रदेशको मन्त्री कोरोना संक्रमित भएको ब्यक्तिलाई भेट्न गएको छैन होला म आफुनै जिल्लामा आएर भेटेको छु उसलाई हौसला प्रदान गरेको छु उपचारमा कमि हुन नदिन आवश्यक निर्देशन दिएको छु त्यो संगै युवकको ट्रयाक हिष्ट्रि र उनीहरूको सम्पर्कमा रहेको व्यक्तिको पहिचान गर्न समेत ब्यबस्था मिलाएको बताए । जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले कोरोना संक्रमित भए संगै दैलेख जिल्लाका लागि आवश्यक पर्ने औषधीर आवश्यक स्वास्थ्य सामाग्रीको व्यवस्था गर्न मन्त्री संग आग्रह गरेको बताए । उनले जिल्लामा भेन्टिलेटरको ब्यबस्था गर्न समेत माग गरिएको बताए ।
प्रतिनिधि सभा सदस्य पार्वती बिशुल्खे लगायतले सामाजिक संजालमा जातीय आधारमा उद्धारमा ढिलाइ गरेको भन्दै स्टाटस लेखेपछि हंगामा नै मच्चिएको छ ।यस विषयमा मन्त्री रावललाई सोध्दा प्रतिनिधि सभाको सदस्यले यस्तो स्टाटस लेख्नु दुखद भएको बताउदै आफुनै संक्रमित युवाको उपचारका लागि स्वास्थ्यकर्मीको टोली लिएर दैलेख आएको छु त्यसमा कुनै सत्यता छैन ।