Loading... आजः मङ्लबार, कार्तिक २, २०७८
Trending

उद्दार गरिदिन सरकार संग आग्रह

 

दैलेख:  रोजगारीका लागि भारतका विभिन्न सहरमा काम गर्न गएका दैलेखका युवाहरुले तत्काल उद्दार गरिदिन माग गरेका छन । विश्वमा फैलिएको कोरोना भाइरसका कारण भारतमा समेत लकडाउन भएपछि रोजगारी बाट आफुहरु निकालिएको बताउदै उनीहरुले तत्काल उद्दार गरिदिन स्थानीय सरकार र कर्णाली प्रदेश सरकार संग माग गरेका हुन । भारतको उत्तरा खण्डको चमेली जिल्ला कणपरेकमा आफुहरु अलपत्र परको भन्दै तत्काल उद्दार गरिदिन त्यहा रहेका भैरवी गाउँपालिका ५ का प्रेमराज खनालले बताए । उनले आफु लगायत दैलेखका बिभिन्न ठाउँका गरि १९ जना भन्दा बढि रहेको मेरो कर्णालीलाई जानकारी दिए ।
दैलेखका बिभिन्न पालिकाहरुले भारतमा अलपत्र परेका नागरिकको उद्धार गरिदिन दैलेख बाट निर्वाचित प्रतिनिधि सभाका सांसदलाई अनुरोध गरेका छन । भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढाले भारत लगायत तेस्रो मुलुकमा रहेका नागरिकको उद्दार गर्नका लागि केन्द्र सरकारलाई समन्वय गरिदिन आग्रह प्रतिनिधि सभा सदस्य राजबहादुर बुढालाई आग्रह गरेको बताए । उनले भैरवीका १ सय भन्दा बढि नागरिक भारतको रुपडियामा अलपत्र परेको भन्ने जानकारी आएको भए पनि कति जना वाहिरी मुलुकमा अलपत्र छन भन्ने बिवरण नभएको बताए ।

error: Content is protected !!