फोेन बाट पढाई
दैलेख : कोरोना भाइरस संक्रमणका कारण स्थगित भएको एसइइ परीक्षा तत्कालै हुने सम्भवना कम भएपछि जिल्लाका स्थानीय तह र विद्यालयले आफ्नो विद्यालयका विद्यार्थीहरुका लागि विभिन्न कक्षा संचालन गर्दै आएका छन । जिल्लामा रहेको सामुदायिक रेडियो धुब्रतारा माफर्त गैसस र स्थानीय सरकारको समन्वयमा एसइइ दुर शिक्षा कार्यक्रम उत्पादन गरेर प्रशारण गरिरहेको बेला जिल्लाको दुल्लु नगरपालिका वडा १० मा रहेको पञ्चकोशि ज्वाला माबिले बिद्यार्थीहरुका लागि फोन बाटै पढाईको ब्यबस्था गरेको छ । एसइइ परीक्षा तयारी गरेर परीक्षा दिन परीक्षाकेन्द्रमा पुगेको परीक्षार्थीहरु कोरोना भाइरस संक्रमण कारण सरकारले परीक्षा स्थगित गरेर घर फर्केका थिए उनीहरुको पढाइको दायरालाई फराकिलो बनाउनका लागि विद्यालयले फोन बाटै भएपनि उनीहरुलाई अध्ययन गर्ने बाताबरण सिर्जना गरेको बिद्यालयका प्रधानध्यापक गगन बहादुर खड्काले बताए । दुल्लु नगरपालिका वडा न १० का अध्यक्ष हर्क बहादुर खड्काले बालबालिका भविष्य संग जोडिएको एसइइ परीक्षामा सहयोग पुग्ने उद्देश्यले एसइई दिने बालबालिकाले सम्बन्धित शिक्षकलाई फोन गर्ने मिलाइएको बताए । उनले बिद्यार्थी संग पैसा नभएको खण्डमा शिक्षकलाई मिसकल गर्ने र शिक्षकलाई वडा कार्यालयले आर्थिक ब्यहोर्ने गरी निर्णय भएको बताए । पन्चकोशी ज्वाला मा वि दुल्लु नगरपालिका १० गमौडि दैलेखका विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष नवीन कुमार योगीले विद्यार्थीलाई पुनर्ताजगी र निरन्तर अध्ययन गर्ने बानीको बिकासका लागि पनि यो कार्यक्रम ल्याउनु परेको बताए ।