Loading... आजः शुक्रबार, साउन १५, २०७८
Trending

विपदमा महिला सशक्तिकरणको सहयोग

सुत्केरी र बालअभियानीलाई राहत वितरण

दैलेख : कोरोना भाइरसको जोखिम बाट बच्नका लागि नेपाल सरकारले गरेको कारण समस्यामा परेका सुत्केरी महिला र बालअभियानीहरुलाई राहत प्रदान गरिएको छ । महिला सशक्तीकरण मञ्च नेपाल दैलेख र केड सुर्खेतको साझेदारीमा सञ्चालित महिला किशोरी तथा बाल अधिकार कार्यक्रम अन्तर्गत कार्यक्रम सञ्चालन भएका क्षेत्र दुल्लु नगरपालिका,डुगेश्वर गाउँपालिकामा राहत सामग्री वितरण गरेको जनाएको छ
कोभिड १९ का कारण सरकारले गरेको लकडाउनले सृजना गरेको विपत्तिको अवस्थालाई मध्ये नजर गरी जिल्ला विपद् व्यवस्थापन समिति,र सम्बन्धित स्थानीय सरकार सँग समन्वय गरेर राहत सामाग्री वितरण गरेको महिला सशक्तीकरण मञ्च नेपाल दैलेखका अध्यक्ष सुनिता चन्दले बताइन । उनले कार्यक्रम सञ्चालन भएको क्षेत्र दुल्लु नगरपालिका वडा न १०,११,१३ डुगेश्वर गाउँपालिका वडा न २ र ६ का ३८ जना ४५ दिनका सुत्केरी र जनकल्याण मा.वि का ९८ जना बालबालिकाहरूलाई खाद्यान्न सामाग्री वितरण गरिएको बताइन । डुगेश्वर गाउँपालिका वडा न २ मा रहेको जनकल्याण मा.वि का प्र खगेन्द्र बहादुर शाहीले विद्यालयमा रहेका बालअभियानहिरुलाई संस्थाले प्रति बालबालिका दुई हजार दरले खाद्य सामग्री उपलब्ध गराएको बताए । डुगेश्वर गाउँपालिका वडा न २ का वडा अध्यक्ष राजु केसीले लकडाउनका कारण ग्रामीण क्षेत्रमा रहेका सुत्केरी महिला,बालबालिकालाई सामाग्री वितरण गरी सहयोग गरेको भन्दै संस्थाको प्रशंसा गरेका थिए ।
स्वास्थ्य चौकीलाई सामग्री हस्तान्तरण
महिला सशक्तीकरण मञ्च नेपाल दैलेख र केड सुर्खेतको साझेदारीमा सञ्चालित महिला किशोरी तथा बाल अधिकार कार्यक्रम अन्तर्गत कार्यक्रम सञ्चालन भएको क्षेत्रका स्वास्थ्य चौकीलाई समेत विभिन्न स्वास्थ्य सामाग्री वितरण गरिएको छ । लकडाउनको समयमा सुत्केरी महिला,बालबालिका र अन्य नागरिकलाई स्वास्थ्य सहजता ल्याउनका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको जनाइएको छ ।स्वास्थ्य चौकीलाई सर्जिकल मास्क ,ग्लोप्स ,सेनिटाइजर ,साबुन ,टावेल सहयोग गरिएको छ ।

error: Content is protected !!