Loading... आजः आइतवार, अशोज १०, २०७८
Trending

यसरी दैलेख पुगेका थिए कर्णालीका संक्रमित युवा

४१ दिन वनवासा क्वारेन्टाइन बसेर महेन्द्रनगर बाट दैलेख पुगेका थिए ।

दैलेख : कर्णाली प्रदेशको दैलेख जिल्लामा कोरोना संक्रमण पुष्टि भएका ३५ वर्षिय युवा भारतको आग्रा बाट आएको खुलेको छ । भारतमा कोरोना भाइरसको संक्रमणको हल्ला भएपछि उनी लगायत ३९ जनाको टोली त्यहा बाट हिडेर कंचनपुर जिल्लाको गडाचौकी नाकामा आइ पुगेको थियो । दुबै देश भारत र नेपालले लकडाउन संगै नाका बन्द गराएपछि ४५ दिन त्यही गडा चौकी नाकामा भारतले निर्माण गरेको क्वारेन्टाइनमा बसेका थिए । १४ जना बनबाँसा नजिकको सारदा इन्टरकलेजमा र बाँकी २५ जनाको टनकपुर स्थित एम डि स्कुलमा क्वारेन्टाइनमा समय बिताएका थिए । दैलेखका ३९ जनाले आफुहरु समस्यामा परेको खवर सामाजिक संजालमा राख्दै उद्दार गर्न माग गरेपछि उनीहरुलाई स्थानीय सकारले जेठ १ गते गडाचौकी नाका दैलेखको आठबिस नगरपालिका वडा १मा र ल्याएको थियो । स्थानीय सरकारले उद्दार गरि ल्याएर नगरपालिका वडा १मा रहेको लक्ष्मी माध्यामिक विद्यालयमा निर्माण गरेको क्वारेन्टाइनमा बसेका थिए ।
स्थानीय सरकारको पहलमा स्वास्थ्य सेवा कार्यालय दैलेख बाट पिसिआर परीक्षणका लागि गएको टोलीले गत शनिवार स्वाब संकलन गरेर ल्याएको थियो । त्यहा बाट ल्याएको स्वाब परीक्षणका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएपछि थप नमुना परीक्षणका लागि यूवाको स्वाब संकलन गरि नमुना नेपालगन्ज पठाइएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालगंजस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएको थियो । आठबिस नगरपालिकाका नगरप्रमुख खड्कराज उपाध्ययाका अनुसार सिमा पारी भारतको वनवासामा अलपत्र परेका नागरिकको उद्धारका क्रममा नगरपालिकाले चैत्र ३१ गते संक्रमीत यूवा संगै ४९ जनालाई उद्धार गरि ल्याइएको थियो । स्वास्थ्य कार्यलय दैलेखका खोप अधिकृत तथा सुचना आधिकारी थिरप्रशाद रेग्मिका अनुसार संक्रमित ३५ बर्षिया यूवालाई उपचार गर्नका लागि स्वास्थ्य सेवा कार्यालय दैलेखमा ल्याउने तयारी भैरहेको बताए । उनले संक्रमीत यूवालाई जिल्ला ल्याउनका लागि जिल्ला बाट जिल्लाबाट आठबिस नगरपालिकाबा ल्याएर जिल्लामा उपचार सुरु गरेको बताए । संक्रमीत यूवा संगै शनिवार स्वाब संकलन गरिएका ३९ जना मध्ये ३८ जनाको रिर्पोट नेगेटिभ आएको छ । संगै बसेका मध्ये कोरोना संक्रमण देखिएका युवाले स्वाब संकलन गरिसकेपछि पनि उनीहरु संगै बस्ने खाने,र देउडा समेत खेलेका कारण पुन सबैको पिसिआर परीक्षण गर्न स्थानीयले माग गरेका छन ।
कर्णाली प्रदेशको दैलेखमा कोरोना संक्रमित युवा संग आएका विभिन्न पालिकाका स्थानीयहरुको समेत खोजी सुरु गरिएको छ । संक्रमित युवा संग आएका मध्ये आठबिस नगरपालिकाका ३९ जना,ठाटिकाँध गाउँपालिकाका ८ जना,चामुण्डाबिन्द्रासैनी नगरपालिकाका १ जना,दुल्लु नगरपालिका १ जना गरि ३९ जनाको टिम ल्याएर आएको थियो ।

error: Content is protected !!