Loading... आजः शनिबार, साउन १६, २०७८
Trending

दैलेखका पत्रकारको पिसिआर रिर्पोट नेगेटिभ

दैलेख: दैलेख जिल्लामा कार्यरत १७ जना पत्रकारको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिले कर्णाली प्रदेशका विभिन्न जिल्लामा कार्यरत पत्रकारहरूको कोरोना परीक्षणको व्यवस्था गर्न माग गरेपछि कर्णाली प्रदेश सरकारले जिल्लामा क्रियाशील रूपमा काम गरिरहेका पत्रकारको स्वास्थ्य परीक्षण गर्ने निर्णय नै गरेको थियो । उक्त निर्णय बमोजीम स्वास्थ्य सेवा कार्यालय दैलेखले दैलेखका १७ जना पत्रकारको स्वाब संकलन गरेको थियो । नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले पत्रकारहरुले पनि आफु सुरक्षीत रहेर पत्रकारिता गर्न आग्रह गरेका छन । उनले १७ जना पत्रकारहरुको स्वाब संकलन गरि परीक्षण भईसकेको र अन्य पत्रकारको पनि पिसिआर परीक्षण छिटै गर्ने बताएका छन । उनले यो सहयोगका लागि स्वास्थ्य कार्यालय,जिल्ला विपद ब्यबस्थापन समितिलाई समेत धन्यबाद दिएका छन ।

error: Content is protected !!