Loading... आजः मङ्लबार, भदौ २५, २०८१
Trending

लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ : सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरासहितको भूभाग समेटिएको नेपालको नयाँ नक्सा स्वीकृत गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा स्वीकृत गरेको हो। मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा युवराज खतिवडाले भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रालयले प्रस्ताव गरेको नेपालको अद्यावधिक नक्सा स्वीकृत गरिएको बताए। नयाँ नक्सामा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको र अन्य अन्तर्राष्ट्रिय सीमाहरु यथावत रहेको उनले जानकारी दिएका छन । खतिवडाले भने लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ संघीयता अनुरुपका प्रदेश र स्थानीय तहहरु समेटिएका छन्। अन्य अन्तर्राष्ट्रिय सीमाहरु यथावत रहेका छन्।’ अब नेपालको निशान छाप, सरकारी कामकाज र विद्यालय लगायत सम्पूर्ण क्षेत्रमा अद्यावधिक नक्सा नै प्रयोग हुनेछ। यसअघि भारतले गत नोभेम्बरमा जारी गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा नेपाली भूमि लिम्यिाधुरा समेटेको थियो।