Loading... आजः बिहिबार, बैशाख १३, २०८१
Trending

कर्णाली प्रदेशमा पहिलो पटक कोरोना संक्रमण पुष्टि

स्रक्रमित युवाको वडा शिल गरियो


दैलेख  : कर्णालीको प्रदेश अस्पताल कालागाउँमा कोरोना भाइरस संक्रमणको पीसीआर परीक्षण गर्दा एक जनामा ‘पोजेटिभ रिपोर्ट आएको छ । हालसालै भारतको आगराबाट आएका दैलेखका एक युवाको पीसीआर परीक्षण गर्दा रिपोर्ट शंकास्पद देखिए पछि पुन परीक्षणका लागि नुमना नेपालगञ्ज पठाएको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयकी निर्देशक रिता भण्डारी जोशीले नेपालगञ्ज पठाइएको नमुना बाट स्वास्थ्य मन्त्रालयले नै आधिकारीक घोषणा गरेपछि उनमा कोरोना भएको पुष्टि भएको छ । कोरोना संक्रमणको आशंका गरिएका युवा ४५ दिन भारतको वनवासामा बसेर आएका र उनलाई आठबीस नगरपालिकाले उद्धार गरेर जेठ १ गते आठबीस ल्याएको थियो । केही दिन अघि आठविस नगरपालिकाको समन्वयमा स्वास्थय सेवा कार्यलय दैलेख बाट गएको टोलीलले स्वाब संकलन गरिएको थियो । आठबिस नगरपालिका नगर प्रमुख खड्गराज उपाध्यायले आठविस नगरपालिका वडा १ मा रहेको लक्ष्मी माध्यामिक विद्यालयमा बसेका मध्ये एक जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भए संगै हिजो बसेको विपद व्यबस्थापन समितिको बैठकले वडालाई शिल गर्ने निर्णय समेत गरेको छ ।