Loading... आजः बिहिबार, कार्तिक ११, २०७८
Trending

दैलेखका कोरोना संक्रमित भारतबाटै आएका थिए

 

दैलेख : कर्णाली प्रदेशमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । हालसम्म कोरोना भाइरस -कोभिड–१९_ संक्रमित नदेखिएको कर्णाली प्रदेशमा पहिलो पटक सोमबार राति मात्रै एकजनामा पुष्टि भएको हो । दैलेखका आठबीस नगरपालिका– १ सात्तलाका ३५ वर्षीय युवकमा कोरोना संक्रमणको पुष्टि भएको हो ।सात्तला स्थित लक्ष्मी माध्यामिक विद्यालयमा बनाइएको क्वारेन्टाइमा बसेका ती युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । भेरी अस्पताल नेपालगन्जस्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले जनाएको छ. कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिए पनि पुन परीक्षणका लागि नेपालगन्जस्थित प्रयोगशालामा नमुना पठाइएको थियो । भारतको आगराबाट फर्किएका संक्रमित युवा जेठ १ गते गाउँ आइपुगेका थिए ।

error: Content is protected !!