Loading... आजः आइतवार, माघ ११, २०७७
Trending

अछामकी सुत्केरीको हेलिकप्टरबाट उद्धार

अक्षाम : सुत्केरी भएर रगत बगेर गम्भीर अवस्थामा पुगेकी अछाम रामारोशन गाउँपालिकाकी एक युवतीको हेलिकप्टरबाट उद्धार गरेर शनिबार नेपालगञ्ज पु¥याइएको छ । वयलपाटा अस्पतालमा उपचार सम्भव नभएपछि रामारोशन गाउँपालिका–६ की २४ वर्षीया देउमा साउदको हेलिकप्टरबाट उद्धार गरिएको हो । रगत बगिरहेको, रगत पेटमा जमेको, पिसाबमा समेत समस्या भएकाले हेलिकप्टरबाट उद्धार गरेर महिला तथा बालबालिका मन्त्रालयसँगको समन्वयमा नेपालगञ्ज पु¥याइएको अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।

error: Content is protected !!