Loading... आजः बिहिबार, साउन १४, २०७८
Trending

वडा अध्यक्षको कुटाइबाट गाउँपालिकाका अध्यक्ष घाईते

कालिकोट :  कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम वडा अध्यक्षको कुटाइबाट घाइते भएका छन् । पलाँता गाउँपालिका(२ नं। वडा वडा अध्यक्ष मानबहादुर भण्डारीले गाउँपालिका अध्यक्षलाई कुटेर घाइते बनाएका हुन् । पलाँता गाउँपालिका–२ को ग्रामिण सडक योजनाको उपभोक्ता समिति गठन गर्ने क्रममा वडा अध्यक्ष भण्डारी, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का गाउँपालिका अध्यक्ष विष्णु रोकाया र स्थानीय नेकपा नेता धनीराम भण्डारीले गाउँपालिका अध्यक्ष बमलाई कुटपिट गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रवत्ता लोकनाथ तिमिल्सेनाले बताए । ‘बिहान ११ बजेतिर गाउँमा उपभोक्ता गठन सम्बन्धि छलफल भइरहेको बेला वडा अध्यक्षले गाउँपालिका अध्यक्षमाथि एक्कासी आक्रमण भएको हो’ उनले भने, ‘वडा अध्यक्षलगायतको टोलीले गरेको आक्रमणमा परि गाउँपालिका अध्यक्ष बम, उनी श्रीमति र भतिजा सामान्य घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रवत्ता तिमिल्सेनाले जानकारी दिए । ‘अहिले घटनास्थलमा थप सुरक्षा फौज गएको छ’ उनले भने, ‘अहिले स्थिति सामान्य रहेको छ ।

error: Content is protected !!