Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण

काठमाडौ  : उदयपुरका थप एक जनामा शनिबार साँझ कोरोना संक्रमण भएको भेटिएको छ। कोसी अञ्चल अस्पताल विराटनगरमा स्वाब परीक्षणका क्रममा ४३ वर्षीया एक महिलामा संक्रमण पाइएको हो। उनी उदयपुर त्रियुगा नगरपालिका ३ भुल्केकी रहेकी बताइएको छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या १ सय १० जना पुगेको छ। यद्यपि यो समाचार तयार पार्दासम्म स्वास्थ्य मन्त्रालयले भने पुष्टि गरिसकेको छैन।कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट ड संगिता मिश्राले एकजनामा संक्रमण पुष्टि भएको ल्याब परीक्षणको रिपोर्टले देखाएको बताइृन । तर स्वास्थ्य मन्त्रालयबाट औपाचारिक रुपमा पुुष्टि गर्न बाँकी रहेको छ । संक्रमित महिलाको परिवारका सदस्य यस अगाडि संक्रमित भएको वा नभएको विषयमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयमार्फत पहिचान भईरहेको डा: मिश्राले बताईन