Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

नेपालमा संक्रमितको संख्या १०१ पुग्यो

कपिलवस्तुमा भेटिए कोरोनाका दुईजना बिरामी


काठमाडौ, नेपालमा कोरोना संक्रमितको संख्या सय नाघेको छ। कपिलवस्तुमा बिहीबार दुईजना कोरोना संक्रमित भेटिएपछि केरोना संक्रमितको सख्या १०१ पुगेका हो । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तु ८ निवासी १६ र २२ वर्षीय दुईजना पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो। मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार दुवै संक्रमितको अवस्था सामान्य रहेको छ।  कपिलवस्तुमा दुई संक्रमित भेटिएसँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २६ पुगेको छ। यसअघि बाँकेको नेपालगञ्‍जमा २३ जना र रुपन्देहीमा एकजना कोरोना संक्रमित भेटिएका थिए।