Loading... आजः बिहिबार, बैशाख १३, २०८१
Trending

विश्व शान्तिको कामना गर्दै  दीप प्रज्ज्वलन (फोटो फिचर)

दैलेख, विश्व शान्तीका अग्रदूत सिद्वार्थ गौतम गौतम बुद्वको २५६४ औ जन्मजयन्तीको अवसरमा  र  कोरोना महामारीविरुद्धको लडाइँका अग्र भागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गर्नुभएकाको शान्तिका लागि दीप प्रज्ज्वलन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २५६४औँ बुद्धजयन्तीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका छन । प्रधानमन्त्री ओलीले बिहीबार विश्व शान्तिको कामना गर्दै देशभर सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेका थिए । प्रधानमन्त्री केपि शर्मा ओलीले गरेको आग्रह अनुसार देशका ७७ जिल्लामा दिप प्रज्वलन गरिएको छ । विश्व शान्तीका अग्रदूत सिद्वार्थ गौतम गौतम बुद्वको २५६४ औ जन्मजयन्तीको अवसरमा  प्रत्येक नेपालीले नेपाल बाट कोरोना भाइरस संक्रमण बाट उन्मुक्ति पावस भन्दै सामाजिक संजाल फेसबुकमा स्टाटस समेत राखेका छन ।

 

 

फोटो : सामाजिक संजालबाट