Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

विषाक्त ग्यास चुहिँदा भारतमा दुई बालकसहित आठको मृत्यु

नयाँदिल्ली बैशाख २५,


भारतको आन्ध्र प्रदेशको विशाखापट्टनममा बिहीबार सबेरै एक रसायन प्लान्टबाट ग्यास चुहिँदा ८ जनाको मृत्यु भएको छ। बिहान साढे २ बजेदेखि साढे ३ बजेको बीचमा चुहिएको ग्याबाट दुई बालबालिकासहित आठजनाले ज्यान गुमाएका हुन्। यो ग्यास एलजी पोलिमर्स इन्डस्ट्रीको प्लान्टबाट चुहिएको हो। चुहिएको ग्यास चार किलोमिटर भित्रका ५ वटा साना गाउँसम्म फैलिएको थियो। घटनालगत्तै यहाँ सुरक्षाकर्मीसहितको टोली उद्धारमा परिचालित भएको छ। यो घटना विशाखापट्टनमबाट करिब ३० किलोमिटर पर वेङ्कटपुरम गाउँमा भएको हो। यो ग्यासका कारण एक हजारभन्दा धेरै मानिस बिरामी भएका छन्। अहिले ८० भन्दा धेरै मानिसलाई अस्पतालमा भर्ना गरिएको छ। तीनजना भेन्टिलेटरमा छन्। १५ बालबालिकाको अवस्था चिन्ताजनक छ। घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आन्ध्र प्रदेशका मुख्यमन्त्री वाईएस जगनमोहन रेड्‌डीसँग फोनमा कुराकानी गरेका छन्। आन्ध्र प्रदेशका डीजीपी दामोदर गौतम सवाङ्‍गका अनुसार ज्यान गुमाएकाहरु घटनापछि भागिरहेका थिए। यिनमा एक व्यक्ति कम्पनीको दोस्रो तलाबाट खसेका थिए। अर्का व्यक्ति कुवामा खसेका थिए। स फैलिएपछि आसपासका घरमा पनि बेहोस मानिस भेटिएका थिए। केही मानिसको शरीरमा रातो दाग लागेको देखिएको छ। चुहिएको ग्यासलाई पीवीसी अर्थात स्टाइरीन भनिएको छ। यो न्युरो टक्सिन हो।

थाहाँखवर बाट साभार