Loading... आजः शनिबार, साउन १६, २०७८
Trending

(कोभिड–१९) कृषि क्षेत्रमा यसको प्रभाव

रोशन सापकोटा

नेपाल एक बहुभाषिक, बहुसास्कृतिक ,बहुधार्मिक र भौगोलिक एवं जैबिक बिबिधताले भरिपुर्ण देश हो। हिमाल,पहाड र तराईमा बिभक्त साच्चिकै कुशल इन्जिनियरले ठूलो परिश्रम लगाएर बिश्वको होचो उपत्यका देखि सबभन्दा अग्लो शिखर अट्नेगरी बनाएको सुन्दर मानचित्र जस्तो।अनुपम प्राकृतिक छ्ट्टा एबम सौन्दर्यले भरिपुर्ण देश नेपाल जसमा उष्ण ,समशितोश्ण ,शितोष्ण अर्थात् धुर्बिय देखि भुमध्यरेखियसम्म सबै प्रकारको हावापानी उपलब्ध भै सबै प्रजातिगत बिबिधताको साझा घरको रुपमा रहेको नेपाललाइ बिश्वको चिडियाखाना को रुपमा लिन सकिन्छ । हरिया पाखा पखेरा धुम्का अनि डाडाकाडा जसमा पल्लवित कलिला पालुवाको छहारिमुनि लुकामार्दै भुर्र यता भुरर उता गर्ने चिबी ,धोबी अनि मधुर स्वरमा गाउने कोइलिले बास्तबमै मनलाइ लोभ्याउदै स्वर्गानुभुती बनाउछन।उत्तरतर्फ मिलेका सेता दन्तलहर जसका छातिबाट छङ्ग छङ्ग बग्ने झरना र काखमा सुशेल्दै बग्ने नागबेली नदिहरु र तिनिहरुले बनाएका बिशाल फाटहरुले यो देशको शोभा र सम्भाब्यतालाइ जुरुक्क उठाएका छन। पर्यावरणिय अबस्था एबम सबै प्रकारको पारिस्थितिक प्रणाली उपलब्ध भएकाले बिश्वकै दुर्लभ ,औषधिजन्य,यार्सागुम्बा ,जटामसी ,पदमचाल ,पाचऔले जस्ता जडिबुटी का साथै दुर्लभ पशुपन्छी कस्तुरी , हाब्रे ,लोखर्के ,काडेभ्याकुर हरुले देशको कमजोर अर्थतन्त्र लाई टेवापुग्ने निश्चित छ ।
सबै प्रकारको धरातलिय स्वरुप ,प्रयाप्त मात्रमा पानीको स्रोत,उपयुक्त प्रकारको हावापानी ,प्रचुरमात्रामा बनजङ्गल ,घासेमैदान भएको ,भौगर्भिक पदार्थको उत्खनन र अन्वेषण गर्भमै रहेको र भुपरिबेश्ठित मुलुक हुनुको नाताले पनि कृषिप्रधान देशहुनुको बिकल्प रहेन । उपयुक्त कृषि औजार ,आधुनिक प्रबिधि उन्नत जातको बीउ बिजन सिचाइ र मलखातको अभावमा परम्परागत रुपमा निर्वाहमुखि कृषिप्रणाली बिगत देखि बर्तमानसम्म चलिरहेको सबैमा बिधितै छ।एकातिर मुठ्ठिभर प्रबिधि मैत्री किसानहरु नश्लसुधार सहित कृषि उपजमा लागिरहेकाछन भने अर्कोतिर लाखौ लाख कृषकहरु प्राकृतिक अनुशासनमा रहेर परम्परागत शैलिमा हिउदे र बर्षे खेती प्रणाली आकासे पानी र भगवान् भरोसाको भरमा आफ्नो र उपभोक्ताको लागि गुजरा गरिरहेको स्थिती पनि बिधमान छ ।
नेपालको झन्डै दुई तिहाइ अर्थात ६६%जनसंख्या कृषिमा सङ्गलग्न भै कृषिमै निर्भर रहेका छन। सन २०१४ मा कृषि क्षेत्रबाट देशको कुल ग्राहस्थ उत्पादनको ३३% ओगटेकोमा २०१९ मा आएर २६.९८% मात्र योगदान भै निरासाजनक अबस्था रहेको छ।एकातिर बिश्वमानचित्रमा कृषिप्रधान देशको लोगोले चिनिनुपर्ने अर्कातिर बर्षेनि भोकमरी पर्दै अरोबौको कृषिजन्य पदार्थ छिमेकी मुलुकबाट आयत गर्नुपर्ने बाध्यता रहेको छ ।परम्परागत र अत्यन्तै परनिर्भरमुखि कृषिप्रणालिले देशको अर्थतन्त्रलाई पछाडी धकेलिरहेको छ।आधुनिक कृषिप्रणालि अपनाउन आधुनिक प्रबिधिको ज्ञान र प्रयोग हुन नितान्त आबश्यक छ।अहिलेपनि किसानहरु खेतिपातिको समय आउदा पुर्पुरोमा हात लगाउदै टुलुटुलु आकाशमा हेरेर बस्नुपर्ने बध्यता छदै छ। जलबायु परिवर्तन ,राज्यको ढुलमुले नीति,कृषिक्षेत्रमा न्यून बजेट , अनुदारमुखि र्बैंकिङ्ग अनुदान , दक्ष र सक्षम प्राबिधिकको कमि ,सिचाइको उपयुक्त प्रबन्ध नहुनु , आधुनिक प्रबिधि र टेक्नोलोजिको आभाव ,पेशालाइ सम्मान दिन नसक्नु जस्ता तमाम अप्ठ्याराहरुले किसानहरुलाइ चुनौती थपिरहेको छ ।
बिश्वमानचित्रमा हेर्दा विशाल कृषि फारमहरु भएका दुइवटा विशाल देश चिन र भारतको बिचमा आफ्नो कौमार्य र कौश्वर्य फैलायर रहेको सुन्दर देश नेपाल ती देशबाट प्रबिधि र नमुना भित्र्याउन ठूलो अबसर बोकेको देश हुदाहुदै पनि नेपालले लाभ लिन सकिरहेको अबस्था छैन ।एकातिर किसानहरुलाइ आधुनिक प्रबिधि ,कृषि प्राबिधिक,उन्नत बिउबिजन र मलखातको अभाव त छदैछ भने अर्कातिर खेतियोग्य जमिनहरु प्लटिङ्ग हुँदै अतिक्रमित भैराखेको ज्वलन्त तथ्य हाम्रा सामु बिधान छ ।स्वदेशको उत्पादन भन्दा बिदेशको उत्पादनको मूल्य कम भै नेपाली कृषकहरु प्रतिस्पर्धात्मक बजारको मार खेप्न परिरहेको छ ।बाताबरणिय प्रकोप , प्राकृतिक बिपत्ति ,अनावृष्टि, अतिवृष्टि, खण्डवृष्टी, आंधी हुरी,र असिना पानीले महिनौ दुःख गरेर उत्पादन गरेको कृषक हरुको खाद्य तथा नगदे वाली छिन् भरमै नष्ट भई किसान हरु पुर्पुरोमा हात लगाइ निरिह एवम् शोकाकुल अवस्थामा बस्न बाध्य छन्। सिंचाइ गर्न योग्य २९.७४% जमिन मा पनी पर्याप्त मात्रामा सिंचाइ गर्न सकिएको छैन जसको प्रतक्ष्य मारमा किसान हरु परिरहेका छन्। सक्षम र योग्य जनशक्ति दैनिक करिब १५०० का दरले वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक को ४०/४५ डिग्री तापक्रममा आफ्नो श्रम बगाई रहेका छन्।यता ती ऊर्जा वान श्रमिक लाई स्वदेश मा व्यवसाय गरेर स्वदेश मै टिक्नेसक्ने ,सम्मान पाउने ,र रमाउने वातावरण सृजना हुन नसकेको दुःखद अवस्था छ। बढ्दो सहरीकरण उद्योग धन्दा कलकारखानाले गर्दा किसान हरुलाई प्रत्यक्ष असर पार्दै मिथेन ,क्लोरोफ्लोरो र सिसा जस्ता हानिकारक पदार्थ ले जलिय , थलिय पारिस्थितिक प्रणाली नष्ट गर्दै कृषि बालीलाई समेत क्षति पुराई रहेको छ।

वर्तमान समयमा विश्व यतिखेर विनासकारी महामारी बाट आक्रान्त छ।किसान र श्रमिक को अस्तित्व संकट मा गुज्रिरहेको छ ।प्रकृति माथि दिग्बिजय गर्ने कृषक को सभ्यता र पेशा बिदिर्ण अवस्थामा छटपटी छटपटि रोइरहेको छ। सिंगो नेपाली कृषि क्षेत्र र सिंगो किसान समूह स्तब्ध छ।मानवीय जीवन र प्राकृतिक प्रतिकूलता बीच अन्तिम लड़ाई चलिरहेको यस अवस्थामा सिंगो पृथ्वी र सिंगो किसान समुदाय का गतिविधि प्राय सुन्य छन्।
प्रकृतिलाई लक डाउन लागेको को छैन । खेत बारीमा झुलिरहेका गहुँ , चना मसुरो मा र त्यही बारीमा सुसेली हाल्दै बयल खेल्ने हावालाई लकडाउन लागेको छैन ।तर सिङ्गो मानव बस्ती र ति मानव जातिलाई जिवन दिने किसान हरुलाई लक डाउन लागिरहेको छ। यता लकडाउनले किसान र उनीहरूको खेत बारी बीचको सम्बन्ध विच्छेद गरिदिएको छ भने उता प्राकृतिक बिपत्ति अवसर छोप्दै किसानको बालीलाई नष्ट गर्न गड्याङ गुडुङ गर्दैअसिना खसाल्न तम्तयार छ। ऋण र ब्याजमा चुर्लुम्म डुबेको यस्तो दुःखद अवस्था मा सिंगो मानव जातिलाइ जिवन दान गर्ने कृषक हरु जिउनु र मर्नुको दोसाँधमा रहदै गहिरो शोक मा परेका छन । सम्पूर्ण नेपाली हरुको हात मुख जोड्ने जिम्मा लिएका कृषक हरु खेत बारीमा आ आफ्ना उत्पादन गहुँ ,मसुरो ,चना ,फलफूल र तरकारी बजार को अभाव मा बारिमै सुकाएर घरभित्रै बन्दी भई शोकाकुल र स्तब्ध अबस्थामा छन् भने उतातिर मैमत्ता कोविड – १९ र लकडाउन कृषक को खेतबारीमा ताण्डव नृत्य देखाउँदै वितण्डा मच्चाई रहेका छन । यद्यपि मानव जातिले भोगेको यो न पहिलो बिपत्ती हो न त अन्तिमनै, यो त आगामी दिनहरुमा आउनसक्ने भयानक संकटहरुको पुर्ब सुचक पनि हो। अहिलेकै अवस्था रहिरहने हो भने देशको कृषि उत्पादन र अर्थतन्त्रमा भयानक गिरावट आउदै राष्ट्रिय बिपत्ति आउने निश्चित छ । यस्तो अबस्थामा लक डाउनका तिनवटा मोडेलहरु मध्य तेर्सो मोडेल प्रयोग गरि सामजिक दुरि कायम गर्दै औधोगिक क्षेत्र र खेतबारिमै क्वारेन्टाइन निर्माण गरि किसानहरुको ऋण मिनाह गरेर उत्पादन मुलक कामलाइ निरन्तरता दिन अत्याबश्यक छ .प्राकृतिक साधन स्रोत ले भरिपुर्ण अनि सुन्दर देश नेपालमा कृषि र किसानका सवालमा व्यापक सम्भावना हरु पनि रहेका छन्।तराई का विशाल उर्वरा युक्त फाँट हरु , भित्री मधेश मा रहेका दुन ,उपत्यका, बेंसी, तथा साट्टार र बट्टार हरुलाई उपयुक्त कृषि योजना निर्माण तथा लागू गरी कृषि रोजगार उत्पादन गर्दै देशको कुल ग्रास्थ उत्पादन मा कृषिले दिने योगदानको अंक वृद्धि गर्न सकिन्छ। त्यस्तै देश भर रहेका खेती योग्य मलिलो र पाँगो माटो युक्त जमीनको पहिचान गरी आधुनिक प्रविधि बाट उपयुक्त हावा पानी अनुसार कृषि उब्जनी गरी वर्षेनी अरबौं को रकम बाहिरिन बाट जोगाउँदै देशको कमजोर अर्थतन्त्र लाई मजबुद बनाउन सकिन्छ। माटोको पहिचान गरी अब्बल , दोयम , सिम र चाहर मा उपयुक्त खेती प्रणाली अवलम्बन गर्दै प्रसस्त खाद्य , तरकारी ,फलफूल तथा नगदेबाली उत्पादन गरी बेरोजगारी समस्या कम गर्न सकिन्छ। ४२ प्रतिशत बाँझो जमीनमा प्रयाप्त मात्रामा सिंचाइ को प्रबन्ध गरी उक्त बाँझो जमिनलाई उर्वरा शक्तिमा परिणत गरी हराभरा बनाउन सकिन्छ ।

विश्वका प्राय सबै हावापानीमा पाइने बोटबिरुवा तथा घाँसे मैदान नेपाल मा पनि प्रसस्त मात्रामा पाइने हुनाले ठूला,ठुला बाख्रा र गाई फार्म हरु सञ्चालन गरि मासु र दुध जन्य अभाब बाट मुक्ती पाउन सकिन्छ । सरकारी स्तर बाट कृषि क्षेत्रमा आवश्यक बजेट तर्जुमा गरी कृषिलाई व्यवसायिक र आधुनिकीकरण गर्दै देश मा कृषि क्रान्ति ल्याउन सकिन्छ।कृषिंक्रान्तिको जग मा टेक्दै संघ मा कृषि महाविद्यालय प्रदेश मा कृषि विश्व विद्यालय ,जिल्लामा कृषि क्याम्पस साथै हरेक पालिका मा कृषि विद्यालय र कृषि ज्ञान केन्द्र सञ्चालन गर्न सके मात्र कृषि क्षेत्रको उचित न्याय हुने देखिन्छ । उक्त विद्यालहरुमा सैद्धान्तिक ज्ञान लाई भन्दा पूर्णतया प्रयोगात्मक ज्ञान र सीप लाई जोड दिँदै सक्षम, दक्ष कृषि प्राविधिक र वैज्ञानिक जनशक्ति उत्पादन गरी देशको कृषि प्रणालीलाई विकसित मुलुक हरुको कृषि प्रणाली सँग प्रतिस्पर्धी र उत्पादन मुलक बनाउन सक्नु पर्छ। संघ प्रदेश स्थानीय तहमा समन्वय गरी उन्नत बीउ बिजन ,औषधि , मलखाद तथा कृषि प्राविधिज्ञ हरुको व्यवस्था गरी किसान हरुको समस्या समाधान गर्दै राज्यको अर्थतन्त्र लाई मजबुद बनाउन सकिन्छ । कृषिक्षेत्रमा राम्रो प्रगति गरेका देशहरु चीन ,भारत,अमेरिका,कोरिया,र इजरायल, जस्ता विकसित मुलुकहरूबाट पाठ सिक्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , कृषक पेन्सन योजना,गाउँ गाउँमा सहकारी,घर घरमा भकारी जस्ता योजना हरुलाई कागज मा मात्र सीमित नगरी क्रियाशील बनाउन सके मात्र कृषिक्षेत्र र किसानको हित हुदै राज्यको अर्थतन्त्रमा केन्द्रिय भुमिका रहनेछ । कृषिजन्य उत्पादनको विकाश को सहि मोडेल लिएर आत्मनिर्भर मुखी अर्थतन्त्र को नीति लाई अङ्गाल्दै स्वाधीनता को दिगो विकास तय गरी अघि बढ्ने ठीक बिन्दुमा नउभिए सम्म र कृषि क्षेत्र बाट कुल उत्पादन मा वृद्धि नगरे सम्म राज्यको कमजोर अर्थतन्त्र लाई उकास्न र विश्वका आधुनिक मुलुक सँगको प्रतिस्पर्धा गर्न निकै कठिन छ ।
‌ अन्ततमा कृषि पेशालाई सम्मानजनक बनाउँदै अत्याधुनिक प्रविधि भित्र्याएर किसान हरुलाई दिइने अनुदान को दायरा लाई फराकिलो बनाउन सके मात्र आत्म निर्भर मुखी कृषि बन्न सक्नेछ । लाखौंको संख्यामा बिदेशिएका युवा हरुलाई भित्र्याउदै पञ्च वर्षीय योजना जस्तै अल्पकालीन र दीर्घकालीन योजना तथा नीति निर्माण गरी १० वर्षे र २० वर्षे कार्ययोजना बनाएर कृषिका क्षेत्र बिभाजन गरि पशुपन्छीपालन, मच्छेपालन, मौरीपालन ,नगदे खेती ,फलफूलखेती ,तरकारीखेती , अन्नबालि खेती छुट्याएर नेपाल लाई दक्षिण एशिया कै कृषि हब बनाउन सक्ने प्रसस्त सम्भावनाहरु रहेका छन। अरबौंको रूपमा निर्यात हुने पुँजीलाई रोक्न सके देशलाई एसियाली मापदण्ड का साथै विकसित देश हरुको मापदण्ड मा पुर्याउन सकिन्छ। छरिएर विनियोजित हुने बितरण मुखी बजेट लाई परिवर्तन गरी साल बसाली रूपमा खण्डित गर्दै देशको तराई भागमा रहेको विशाल बाँझो जमीनलाई प्लटिङ गरी धानको प्लट ,गहुँको प्लट, तरकारी प्लट, दलहन र तेलहन जमिनका प्लट निर्माण गर्दै उक्त प्लट हरुमा संघीय स्तरबाट पर्याप्त मात्रामा बजेट छुट्याउन सके मात्र बेरोजगारी समस्या समाधान र अन्यायमा परेका किसान हरुको न्याय हुने देखिन्छ। विभिन्न क्षेत्रमा छरिएर रहेका कृषकहरुलाई आधारभूत,पुनर्ताजकि ,प्रवृधीमैत्री तालिम र अनुदानको व्यवस्था गर्दै उत्पादित वस्तुको व्यापार तथा भण्डारण गर्न उचित बजारीकरणको व्यवस्था गरी हरेक जिल्ला मा आबस्यकता को आधारमा शित गृह को निर्माण गर्न सके मात्र उत्पादित वस्तु र किसान को मिहिनेत खेर नगई जनजिविका र राष्ट्रको कमजोर अर्थतन्त्र लाई माथि उठाउन टेवा पुग्ने छ।

लेखक : जनता माध्यमिक कोटथाप्लामा कार्यरत हुनुहुन्छ ।

error: Content is protected !!