आत्म अनुशासनको खाँचो
कमल शर्मा
चिनको हुवान्त सहरमा पहिलो पटक देखा परेको कोरोना भाइरस( कोभिड–१९) कारण विश्व यति बेला आक्रान्त बनेको छ । विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या हाल सम्म ३७ लाख ५९ हजार ,७३९ पुगेको छ । कोरोना भाइरसका सङ्क्रमण पछि उपचार पश्चात् घर फर्केकाको १२ लाख ५९ हजार ८५२ जना निको भएका छन् भने मृत्यु हुनेको सङ्ख्या दैनिक रूपमा बढ्दै २ लाख ५९ हजार ८५४ जनाको मृत्यु भएको छ । विश्वका शक्तिशाली राष्ट्रहरू समेत भयावह अवस्थामा छन् अन्य मुलुकको तुलनामा नेपालमा कोरोनाको सङ्क्रमणको सङ्ख्या न्यून भए पनि दिन प्रतिदिन नेपालमा पनि यो फैलँदो क्रममा रहेको छ । नेपालमा हाल सम्म ९९ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ भने २२ जना उपचार पछि घर फर्केको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तथ्याङ्कमा उल्लेख गरिएको छ । नेपालमा कोरोना भाइरस सङ्क्रमण बाट बचाउन सरकारले २०७६ साल चैत्र ११ बाट लकडाउन घोषणा गरेको भए पनि दिन प्रतिदिन कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि सरकार पनि लकडाउनको समय सीमा बढाउँदै गएको छ । बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले जेठ ५ गते सम्मका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको भए पनि बैक तथा उद्योगहरू पनि खुल्ला गर्न सक्ने जनाएको छ ।
लकडाउन अर्थात् घरमै बसेर आफू सुरक्षित हुने र अरूलाई पनि सुरक्षित हुनका लागि सहयोग पुन¥याने हो । लकडाउन कुनै पक्षलाई दबाउन वा कुनै पक्षलाई सुरक्षित हुन गरिएको राजनीतिक प्रतिबन्धात्मक अवस्था होइन । विश्व अनुभव र अभ्यासले व्यक्तिबाट टाढा रहनुलाई सङ्क्रमण रोक्ने प्रभावकारी कदम मानेको छ । सरकारले जारी गरेको लकडाउनको अवहेलना गर्ने व्यक्तिलाई कानुन बमोजिम सजाय हुने भएकाले कानुनको पालना गर्नु नागरिक कर्तव्य हुनेछ भने त्यो भन्दा पनि ठुलो आफू र आफ्नो परिवारको सुरक्षा गर्नु सजाय भोग्नु होइन त्यस तर्फ आम नागरिकले त्यो आदेश मान्ने काम तर्फ लाग्नु पर्ने देखिन्छ । अहिले सामाजिक सञ्जालमा आतङ्कित पार्ने र आलोचना गर्ने भन्दा विवेक र धैर्य र गर्ने र सुरक्षित हुने र समस्या सँग जुध्न सरकारलाई सहयोग गर्ने समय हो सहयोग गरौँ आफू पनि बाँचौँ र अरूलाई पनि बचाऔँ । सरकारले लकडाउन गरेपछि महामारी फैलिन नदिन र त्यसका विरुद्ध लड्न तयारी गर्ने गरिरहेको छ । सरकारले आवश्यक स्वास्थ्य सामाग्री तयारी गरेर जनतालाई सहज रूपमा सेवा दिनका लागि औषधी व्यवस्थापन,स्वास्थ्य कर्मी,लगायतको व्यवस्थापन पुरै तयारी गर्ने तर्फ सरकार लागि परेको देखिन्छ । तर सरकारले सजगता अपनाउँदा अपनाउँदै पनि हामी त्यसको उलङ्घन गरिरहेका छौ र चोक चोकमा गएर भाषण गरिरहेका छौ । कोरोना भाइरसका कारण कर्णाली प्रदेश अन्य प्रदेशको तुलनामा उच्च जोखिममा रहेको छ । यहाँ अशिक्षा गरिबी ,बेरोजगारी तीव्र रूपमा छ । कर्णाली प्रदेशमा कोरोनाको सङ्क्रमण भएको खण्डमा एउटा सङ्क्रमण भएको बिरामीको स्वाब परीक्षण गर्ने काठमाडौँ पुन¥यार त्यसको रिर्पोट आउँमा सम्म कति जनालाई सङ्क्रमण फैलिन सक्छ त्यसको अनुमान अहिले सम्म गर्न सकिएको छैन ।तथापि सरकारले कोरोना भाइरस सङ्क्रमणको पहिलो चरण आरडिटि परीक्षण कर्णाली प्रदेशका तीन जिल्लामा राखेको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, जुम्ला र रुकुम पश्चिममा उक्त व्यवस्था सरकारले गरेको छ ।
रोजगारीको शिसिलामा भारत लगायत विभिन्न देशमा गएकाहरू धमाधम गाउँ र्फेकेपछि कोरोना सहर बाट भन्दा पनि गाउँ बाट सुरु हुने अवस्था सुरु भइसकेको छ । सरकारले विभिन्न मुलुक बाट आएकाहरूलाई १४ दिन सम्म क्वारेन्टाइनमा बसेर घर जाने भने पनि नागरिकहरू क्वारेन्टाइनमा नबसेर भागेर घर पुग्ने गरेका छन् लाग्छ की विदेश बाट आएकाहरूले कोरोना भाइरस नासोको रूपमा आफन्त र अन्यहरूलाई बाँडिसकेका छन् । कोरोना भाइरसलाई मजाक सम्झिएर सरकारले दिएको निर्देशनको अवज्ञा गरेको छौ भोलि हामी सँग पछुताउनु बाहेक अन्य कुनै विकल्प हुने छैन ।
भारतमा रोजगारीमा गएकाहरू धमाधम सरकारले लकडाउन गर्नु अगावै नेपाल फर्केका छन् । घर फर्कनु र सुरक्षित रहनु राम्रो कुरा हो तर अहिलेको अवस्थामा कति सुरक्षित रूपमा घर फर्केका छौ भन्ने सरोकारको विषय हो । विभिन्न मुलुक बाट घर फर्केकाहरूले हेक्का राखेका छन् वा छैनन् मेरो कारणले मेरो आफ्नो परिवार र आफन्त सुरक्षित राख्नु पर्छ भन्ने मानसिकता छ की छैन । यो कुरा अन्य मुलुक बाट नेपाल फर्केका सबैले राख्नु पर्ने देखिन्छ । नत्र भने हामी इटली जस्तै कर्णालीको अवस्था होला भन्न सकिन्न । सरकार संवेदनशील हुँदा पनि नागरिक संवेदनशील नहुँदाको परिणाम अन्य सर्वसाधारण नागरिकले भोग्नु पर्ने अवस्था सिर्जना गर्नका लागि पनि अन्य मुलुक बाट घर फर्केकाहरू १४ दिन क्वारेन्टाइनमा अनिवार्य बस्नु पर्ने छ । यो बेला उद्यमी व्यापारीले उदार भावनाका साथ सहयोग गर्ने हो आम उपभोक्ता सरल सहज रुसमा सर सामान प्राप्त गर्न सक्छन् । तर समान किन्न जानेको घुइँचो कायमै रहँदा लकडाउनको अर्थ नरहन सक्छ । तसर्थ सामाजिक दुरीको मर्म पालना गराउँदै कसरी सरसामान उपलब्ध गराउने यता ती पनि सोच्ने बेला आएको छ । कोरोना निको पार्ने वाक्यै औषधी नभउपरि त्यसको लक्षण देखिनसाथ स्वास्थ्य संस्थामा उपचार गराए उपचार सम्भव पनि भएका छन् । हाम्रो जस्तो देश त्यसमा संक्रमति पत्ता लगाउने काम समेत चुनौतीपूर्ण रहेको छ । यस्तो विषम अवस्थामा धैर्य समयसहित आत्म अनुशासनको पालना एक मात्र उत्तम उपाय बनेको छ । सरकारले लकडाउन नगरेको भए आज धेरै नेपाली मृत्युको मुखमा पुग्ने थिए । सरकारले गरेको लकडाउनका कारण नआ नागरिकलाई असहज भएको पक्कै होला तर त्यो असहजता अहिले सहेर नबस्ने हो भने हामी आफै मृत्यु खोज्दै छौ भन्ने हो सरकारले गरेको प्रयासलाई निरन्तरता दिँदै आगामी दिनमा समेत लकडाउन प्रभावकारी बनाउने र नागरिकले पनि आत्मनुशासन मा बस्ने हो भने हामी कोरोना कहर बाट सजिलै उन्मुक्ति पाउन सक्छौ ।