Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

बन्दाबन्दीमा पनि प्रशासनले थाल्यो बजार अनुगमन

मेरो कर्णाली
दैलेख,वैशाख २५ गते ।

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण मुलुक बन्दाबन्दीमा छ । बन्दाबन्दीको बेला स्थानीय बजारहरूमा हुने सक्ने कालो बजारी लाई मध्यनजर गर्दे जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई तीव्रता दिएको छ । मङ्गलवार सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्री, प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्य नेतृत्वको टोलीले गरेको बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा बिक्री वितरणका लागि तयार पारिएको घरेलु मदिरा, कच्चा पदार्थ र औषधी नियन्त्रणमा लिई सचेत पारिएको सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए । डुंगेश्वर गाउँपालिका–१ स्थित चिप्रा बजारमा गरिएको अनुगमनमा १ हजार ७ सय लिटर अवैध घरेलु मदिरा, ६ सय ८० केजी कच्चा पदार्थ र २ सय ५० केजी औषधी नियन्त्रणमा लिइएको उनले बताए । नियन्त्रणमा लिइएको मदिरा वडाका जनप्रतिनिधि लगायतको रोहबरमा सोहोरे खोला किनारमा नष्ट गरिएको छ । यस्तै १३ थान घरेलु मदिरा उत्पादन गर्ने भाँडा नियन्त्रण लिइएको छ । अनुगमनमा जिल्ला प्रशासन, जिल्ला प्रहरी, डुंगेश्वर गाउँपालिका–१ का वडाध्यक्ष लोकबहादुर डाँगी, वडाका अन्य जनप्रतिनिधि, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रतिनिधि लगायतका निकायको संयुक्त सहभागितामा अनुगमन भएको थियो ।