Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

बुद्धजयन्तीको उपलक्ष्यमा शुभकामना व्यक्त

मेरो कर्णाली
काठमाण्डौ,बैशाख २५ गते ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई हजार ५६४औँ बुद्धजयन्तीको उपलक्ष्यमा विश्वभरका बौद्धमार्गी एवं स्वदेश तथा विदेशमा रहनुभएका शान्ति र अहिंसाप्रेमी सम्पूर्ण महानुभावमा शुभकामना व्यक्त गरेकी छिन । विविधता बीच एकताको खोजी गर्दै आपसी मेलमिलापका साथ शान्ति र प्रगतिका पथमा अघि बढ्न हामी सबैलाई उत्साह, उमङ्ग र प्रेरणा प्रदान गर्ने अपेक्षा उनले बुद्धजयन्तीको शुभकामना सन्देशमा व्यक्त गरेकी छिन । बौद्धदर्शनका प्रवत्र्तक तथा शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास पनि उहाँले व्यक्त गरेकी हुन । विश्वव्यापी महामारीका रूपमा फैलिएको नोबेल कोरोना भाइरस(कोभिड–१९) को महाविपत्तिबाट सम्पूर्ण विश्वले यथाशीघ्र मुक्ति पाउने कामना गर्दै राष्ट्रपतिले बुद्धजयन्तीका यस अवसरमा एकता, सहिष्णुता, सद्भाव, अहिंसा र शान्तिको महाभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेकी छन । साथै दुई हजार ५६४औँ बुद्धजयन्तीका उपलक्ष्यमा प्रधानमन्त्री केपि शर्मा ओलीले पनि शुभकामना सन्देश दिएका छन । उनले बुद्धजयन्तीका यस अवसरमा एकता, सहिष्णुता, सद्भाव, अहिंसा र शान्तिको महाभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस भन्दै कोरोनाको महामारी अझै सशक्त रुपमा बढ्ने भएकादले सबै नागरिकले सरकारले गरेको लकडाउनको पुर्ण पालना गरि आफुलाई र अरुलाई पनि बचाँउन सहयोग गर्न अपिल गरेका छन