Loading... आजः सोमवार, मंसिर १७, २०८१
Trending

नेकपा नेता रिजालको पहलमा दैलेखमा आइपुग्यो स्वास्थ्य सामाग्री

मेरो कर्णाली
दैलेख,वैशाख २४ गते ।

                     स्वास्थ्य मन्त्री भानुभक्त ढकाल सँग स्वास्थ्य सामाग्री पठाइदिन आग्रह गर्दै नेकपा नेता विष्णु रिजाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पार्टी विदेश विभाग उप प्रमुख विष्णु रिजालको पहलमा दैलेखमा जिल्लामा थप स्वास्थ्य सामाग्री आइपुगेको छ । कोरोना भाइरस(कोभिड–१९) सङ्क्रमण फैलिरहेको अवस्थामा भारत लगायतका तेस्रो मुलुक बाट दैलेखमा १५ सय भन्दा बढी र अरू जिल्ला बाट घर फर्किनेको सख्या सात सय भन्दा बढी नागरिक रहेको थाहा पाएपछि पर्याप्त उपकरणको अभावमा रहेको जिल्ला स्वास्थ्य कार्यालय र दुल्लु अस्पतालमा आवश्यक स्वास्थ्य सामाग्री पठाउनका लागि स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई भेटेर आग्रह गरे पश्चात् दैलेखमा स्वास्थ्य सामाग्री आइपुगेको बताइएको छ । दुल्लु अस्पतालले पनि नेता रिजालको समन्वयमा पठाएको ज्वरो नाप्ने थर्मल गन ,ग्लोबल,सजिर्कल मास्क लगायतका सामाग्री अस्पतालमा पुगेको जानकारी दिएको छ । जिल्ला स्वास्थ्य कार्यालय दैलेखका इन्चार्ज डा निरञ्जन पन्तका अनुसार जिल्ला स्वास्थ्यमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय बाट ५० वटा पीप,सेनिटाईजर २० लिटर,सर्जिकल २ हजार ५ सय ,ग्लोबल र २ वटा आइ आर थर्को मिटर गन आएको जानकारी दिए । नेता रिजालले दुल्लु अस्पतालमा भने आफ्नो समन्वयमा काठमाडौँमा विभिन्न क्षेत्रमा रहेका साथीहरू र आफ्नो सहयोगमा थर्मल गन,ग्लोबल, सर्जिकल मास्कहरू पठाएको मेरो कर्णालीलाई बताए । उनले भारत लगायतका तेस्रो मुलुक बाट आएकाहरूको छिटो स्वास्थ्य परीक्षण गर्न सहयोग पुग्ने उद्देश्यले उक्त सामाग्री पठाएको बताए । नेता रिजाल दैलेखको भैरवी गाउँपालिका निवासी हुन ।