Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

लकडाउन एक साता लम्बिने संकेत,भोलि निर्णय हुदै

मेरो कर्णाली
काठमाडौँ बैशाख २३ गते । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लक डाउनको अवधि कम्तीमा एकसाता थपिन सक्ने संकेत गरेको छ। यो भन्दा अघि लकडाउन मति सयम थप गर्ने निर्णय गर्ने गरेको समितिले यो पटक भने लकडाउनको मिति तोक्नका लागि सधै मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले लकडाउन कति समय थप हुन्छ भन्‍ने केही नभनेपनि ‘लम्बिन सक्छ मात्र भनेका छन्। नागरिकको जिउज्यानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्‍न सफल भएको निष्कर्ष बैठकले निकाल्दै यसलाई अझै निरन्तरता दिनुपर्ने विषयमा छलफल भएको विडारीले बताए। मंगलबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीकोसमेत उपस्थितिमा बसेको समन्वय समिति बैठकले लकडाउन बढाउने निर्णय नगरे पनि थपिन सक्ने संकेत गरेको हो। अहिलेसम्म एकएकसाता थपिएको आधारमा पुन एकसाता थपिने अनुमान गरिएको छ। अहिलेसम्म सरकारले लिएका नीतिले संक्रमण रोकथाममा सफलता प्राप्त भएको निष्कर्ष बैठकले निकालेको छ। बुधबार बस्‍ने मन्त्रिपरिषद् बैठकमा लकडाउनबारे थप छलफल र निर्णय हुने उनले उल्लेख गरिएको छ ।
मन्त्रिपरिषदले अहिले अख्तियार गरिएका नीति कोरोना रोग र यसको संक्रमण तथा रोकथामका लागि भएका सबै प्रयास र संक्रमणको अवस्थाका विषयमा समेत गम्भिर छलफल भएको बताइएको छ । लकडाउनका कारण नागरिकको जिउज्यानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्‍न सफल भएको निष्कर्ष बेठकले निकालेको छ। यसबारे निर्णय भोलिको मन्त्रिपरिषद्ले लिनेछ ।