Loading... आजः मङ्लबार, बैशाख ३०, २०८२
Trending

नेपालमा रेमिटेन्स आप्रवाहको अवस्था

दीपक रोकाया


चिनको हुवान्त सहरमा पहिलो पटक फेला परेको कोरोना भाइरस( कोभिड–१९) कारण विश्व यति बेला आक्रान्त बनेको छ । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या हाल सम्म ३६ लाख ६४ हजार ,५१३ पुगेको छ । कोरोना भाइरसका सङ्क्रमण पछि उपचार पशचात घर फर्केकाको १२ लाख ६ हजार १३ जना निको भएका छन् भने मृत्यु हुनेको संख्या दैनिक रूपमा बढ्दै २ लाख ५२ हजार ७५८ जनाको मृत्यु भएको छ । विश्वका अन्य मुलुक भन्दा नेपालमा कोरोनाको सङ्क्रमणको संख्या न्यून भए पनि दिन प्रतिदिन नेपालमा पनि यो फैलँदो क्रममा रहेको छ । नेपालमा हाल सम्म ८२ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ भने १६ जना उपचार पछि घर फर्केको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तथ्याङ्कमा उल्लेख गरिएको छ । नेपालमा कोरोना भाइरस सङ्क्रमण बाट बचाउन सरकारले २०७६ साल चैत्र ११ बाट लकडाउन घोषणा गरेको भए पनि दिन प्रतिदिन कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि लकडाउन लम्बाउने मनस्थितिमा सरकार पुगेको छ ।

मुलुक लकडाउनको अवस्थामा हुँदा देशको आर्थिक मेरुदण्डको रूपमा रहेको अर्थात् अर्थतन्त्रमै ठुलो योगदान दिएको रेमिटेन्स आप्रवाहको घट्दो परिस्थितीले भविष्यको अर्थतन्त्रमा जोखिम निम्ताउने देखिएको छ । रेमिटेन्स नेपाली अर्थतन्त्रको स्थायित्वका लागि मेरुदण्डको रूपमा काम गरिरहेको थियो । अवका दिनमा यो अवस्था नरहन सक्छ । विगतको इतिहास हेर्न हो भने वैदेशिक रोजगारीमा जाने र नेपाल भित्रने रेमिटेन्समा तीव्र बिस्तार हुँदै आएको थियो । अहिले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीले वैदेशिक रोजगारीमा जाने कामदारको खस्या घट्नुका साथै नेपाल भित्रने रेमिटेन्स समेत घट्दै आएको छ ।
देशको मेरुदण्डको रूपमा रहेको रेमिटेन्स घट्दै जाँदा त्यसमा निर्भर रहेको नेपाली अर्थतन्त्रमा विकासका पूर्वधारमा समेत देखिँदै छ । नेपालमा शिक्षा स्वास्थ्य यातायात क्षेत्रको विकास हुनुमा पनि रेमिटेन्सको महत्त्वपूर्ण भूमिका रहँदै आएको थियो ।
देशमा लगानी योग्य रकम बढी भएको निजी क्षेत्रको विकास बिस्तारमा रेमिटेन्स खर्च आएको थियो । माथि उल्लेखित क्षेत्रको जगको काम रेमिटेन्सले गर्दै आएको थियो भने त्यही जगमा उभिएर सबै क्षेत्रको विकासका ढोकाहरू खुल्ने क्रममा थिए । तर वका दिनमा यो अवस्था नरहन सक्छ । यसले अर्थतन्त्रको जग नै हल्लिने देखिएको छ ।
सरकारको आय स्रोतको रूपमा रहेको मुख्य स्रोत राजस्व सङ्कलन वृद्धिको कारण समेत रेमिटेन्स थियो । देशले रेमिटेन्स भित्रने क्रम बढेका कारण आयात समेत बढेको थियो भने त्यस बाट सरकारले सहज रूपमा राजस्व उठाउँदै आएको थियो तर वका दिनमा सरकारले लक्ष्य अनुरूप राजस्व उठान समेत कठिन हुने देखिन्छ । हाम्रो राजस्वको आधार रेमिटेन्स कमजोर हुँदै गएको छ । अहिले जति पनि वैदेशिक रोजगारीमा जाने सबै ग्रामीण भेगका रहेका छन् । उनीहरूले पठाएको रकमले नै गरिबी न्यूनीकरणमा भूमिका खेलेको थियो । मलेसिया,कतार जस्ता खाडी मुलुकमा ग्रामीण भेगका मानिसहरू रोजगारीका लागि पुगेका छन् । तर विडम्बना नै भनौ उनीहरूले कमाएको पैसा नेपाल भित्राउन समेत कठिन आएको छ । रेमिटेन्सले ग्रामीण भेगका जनताको जीवन स्तर उकास्न र आयमा रहेको असमानतालाई न्यूनीकरण गर्न सहयोग गरेको थियो । त्यसैले रेमिटेन्सले धनी र गरिब बिचको असमानतालाई न्यूनीकरण गर्दै रोजगारीका ढोकाहरू समेत सृजना गरेको थियो । अवका दिनमा त्यो लाभ नेपाल लाई नहुने अवस्था देखा पर्न सक्छ । समग्रमा अव नेपालले रेमिटेन्स प्रवाहमा आएको कमीलाई पूर्ति गर्ने अन्य उपाय अपनाउनु पर्ने देखिएको छ ।
लेखक
मेगा बैक दैलेखमा कार्यरत हुनुहुन्छ  .