Loading... आजः शुक्रबार, अशोज ८, २०७८
Trending

विवाद मिलाउने कसरतमा नेकपा नेताहरु

मेरो कर्णाली
काठमाण्डौ,बैशाख २३ गते ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको विवादको समाधान खोज्‍न तीन शीर्ष नेताहरु मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जुटेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल मंगलबार बिहानै बालुवाटारमा छलफलका लागि जुटेका हुन्। नेकपामा देखिएको पछिल्लो विवादको समाधानको विकल्प खोज्न सोमबार अध्यक्ष दाहाललाई जिम्मेवारी दिइएको थियो। आगामी वैशाख २५ मा बस्‍न लागेको स्थायी कमिटी बैठकमार्फत अहिले देखिएका विवादको निरुपणका लागि नेताहरु जुटेका हुन्। वैशाख २० मा बसेको सचिवालय बैठकबाट नेकपामा उत्कर्षमा पुगेको विवाद तत्काललाई रोकिएको छ। तर दाहाल र नेपाल समूह भने अझै पनि एक पद एक व्यक्तिको रणनीति बनाइरहेका छन्। त्यही रणनीति अनुसार ओलीलाई दुईमध्ये एक पदबाट बिदा गर्ने रणनीति अनुसार सोमबार पनि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवासमा दाहाल, नेपाल, अर्का वरिष्ठ नेता खनालसहितको बैठक बसेको थियो। यता शनिबार बसेको सचिवालय बैठकले गरेका निर्णय कार्यान्वयनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले बेवास्ता गरेको भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले आक्रोश पोखेका छन्। दाहालले पनि ओलीले सहमति कार्यान्वयनमा अनिच्छा देखाएको भन्दै सोमबारको भेटमा असन्तुष्टि पोखेका थिए।

error: Content is protected !!