लकडाउन कडा बनाउँदै दैलेख प्रहरी
मेरो कर्णाली
दैलेख,वैशाख २३ गते ।
कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण हुन नदिन सरकारले गरेको लकडाउन दैलेखमा फितलो भएको जनगुनासो आएपछि दैलेख प्रशासनले आइतबार बाट अलि कडा गरेका छन् । सामाजिक सञ्चालन प्रयोग कर्ताले जिल्ला प्रशासनको लापरबाही कारण लकडाउनको फितलो भएको भन्दै आलोचना भएपछि लकडाउनलाई कडाइ गरेको छ । प्रहरी प्रशासनले चोक चोकमा कडाइ गर्न थालेपछि नागरिक समेत अचम्मित भएका छन् । प्रहरीले एकाएक कडाइ गरेपछि स्थानीय नागरिकले समेत केन्द्र वा प्रदेश बाट प्रहरी प्रशासनको हाकिम आउने भएपछि कडाइ गरेको हुनु पर्ने अनुमान लगाएका छन् । जिल्ला प्रहरी कार्यालयमा केराका थाम गाडेर स्वागत गरेको ब्यानर टाँसेपछि प्रहरीकै हाकिम आउने भएपछि त्यसो गरेको हुनु पर्ने नाम नलेख्ने सर्तमा एक स्थानीयले मेरो कर्णालीलाई बताए । केही दिन अघि मात्र जिल्लाको पञ्चकोशि खबर दैनिक पत्रिकाले प्रशासनको लापरबाहीका कारण लकडाउन फितलो भाको भन्दै समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशित भएपछि प्रहरी प्रशासनले आफैले लकडाउन कडा सुरु गरेको छ ।